Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

खबरडबली संवाददाता

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी अनिश्चिकालिन आन्दोलनमा छन  । लुम्बिनी विकास कोष परिषरमा अवस्थित बिहार तथा गुम्बाहरुले गेष्ट हाउस संचालन गरी व्यवसाय नै गरेको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा आन्दोलनको कार्यक्रम सुरु भएको हो । 

आन्दोलनको पूर्वसन्ध्यामा व्यवसायीहरुले कोषका कर्मचारी र पदाधिकारीको सदबुद्धिको आओस भन्दै मायादेवी मन्दिर परिसरमा १०८ दिप प्रज्वलन र परित्राण पाठ समेत गरेका थिए । बिहीबारबाट धर्ना सुरु भएको छ । ‘यो आजको समस्या होइन विगत एक दशक अगाडिबाट हामीहरुको कोषसँगको लडाई हाे, कोषले बेवास्ता गर्दै आएको छ । नियम विपरित केही गुम्बा तथा विहारमा सयौँको संख्यामा पर्यटकहरु राखेर व्यवसायक रुपमा नै गेष्ट हाउस संचालन गर्दा समेत सम्बन्धित निकाय मौन रहेकोले बाध्य भएर हामीहरुले आन्दोलनमा उत्रिनु परेको छ ’ संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने  । 

हाम्रो एकसुत्रिय माग छ लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको बिहार÷गुम्बाहरुमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्नु पर्छ । ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलनको थालनी गरेका छौ माग पुरा नभएसम्म यस्को प्रकृति पनि परिवर्तन गर्दै आन्दोलनको निरन्तरता रहन्छ ज्ञवालीले भने । 

आन्दोलनलाई समर्थन गर्दै स्थानीयहरुले पनि ऐक्यबद्धता जनाएका छन । बिहीबारबाट सुरु भएको अनिश्चितकालिन धर्ना कार्यक्रममा मागहरु जायज भएको भन्दै स्थानीय समाजसेवी, संघसंस्था, राजनितिज्ञहरुले पनि समर्थन गरेका छन । शुक्रबार नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधी सभा सदस्य गगन कुमार थापा र रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे धर्ना स्थलमा आई ऐक्यबद्धता जनाएका छन । 

आन्दोलनको कारण बुझी द्वयले यो समस्या जायज रहेको र समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता द्वय सांसदले गरेका छन । पूर्व मन्त्री थापाले लुम्बिनीका होटल व्यवसायीहरुको विषयबस्तुको बारेमा जानकारी लिइएको यो कार्य गैर कानुनी, गैर व्यवसायिक ,गैर धार्मिक गतिविधी र अनैतिक रहेको बताए । पत्राचार गरेर मात्रै मुक्ति पाइदैन संसदीय समितिले निरन्तर काम गराएर अन्तिम चरणमा पु¥याउने महामन्त्री थापाले भने । 

यस्तै प्रतिनिधी सभा सदस्य बासुदेव घिमिरेले आउने बैठकमा शुन्य समयमा वा समय लिएर भएपनि यस क्षेत्रको अहिलेको जल्दोबल्दो समस्यालाई संसदमा राख्ने बताए । आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ होटल व्यवसायीहरुको लागि जटिल समस्या हो । 

कार्यक्रममा बोल्दै लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खान, सिद्धार्थ होटल एशोसिएशनका उपाध्यक्ष मेघनाथ, अगुवा हेम विष्ट ले विहारलाई विहार नै राख्नु पर्ने बताउदै स्थानीयको जग्गाले नै अहिले विकास कोष बनेकोले स्थानीयको सहभागिता विना विकास सम्भव नभएकोले जनताले लुम्बिनीलाई बचाएकोले लुम्बिनीले जनतालाई बचाउनु पर्ने बताए । 

लुम्बिनी क्षेत्रमा स्टार होटल सहितका ८२ वटा साना ठूला होटल सञ्चालनमा छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराईले विहार गुम्बामा व्यवसायिक प्रयोजनका लागि नबनाइएको बताए । विहार गुम्बामा व्यवसायिक गतिविधी भयो भनेर गुनासो आएपछि सबैलाई पत्रचार गरिएको छ र नियमावली विपरित भए कारवाही हुन्छ । 

पहिलो चरणमा संघले आन्दोलनका कार्यक्रम अन्तर्गत चैत १५ गतेदेखि माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा. केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने रहेको छ । दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेछौं । ७ दिनसम्म कुनै सुनुवाइ नभए आन्दोलनकारीको भावना र परिस्थितिको भावना र परिस्थिति अनुसार विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ । 

गरि खान देउ मुल नाराका साथ, बिहारलाई बिहार रहन देउ तर होटल नबनाउ, धर्मको नाममा व्यापार नगर, अनियमित कार्य बन्द गर, लुम्बिनीका बिहारमा पर्यटक राख्न मौन समर्थन गर्नु लुम्बिनी विकास कोष भित्र हुने गरेको भ्रष्टाचार भएकाले अविलम्ब बन्द गर जस्ता नारा होटल व्यवसायीको रहेको छ ।

लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ । 

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षुरभिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर मर्म विपरित विहार क्षेत्रमा कोठा बनाएर व्यवसायिक बन्दा निजि व्यवसायीको लगानी जोखिम परेको छ ।

कुनै पनि देशले ९९ वर्षका लागी पलट लिजमा लिएर मन्दीर तथा गुम्वाहरु बनाउने व्यवस्था छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहा बनाइएका गुम्बा, चैत्य, बिहार ध्यान केन्द्रहरूलाई कोषको बिहार क्षेत्र बिनियमावली २०५८ अनुसार थप मापदण्ड बनाउनु पर्नेमा कोषका कर्मचारी र पदाधिकारीहरुले मौन स्विकृती दिदा गुम्वा संचालकहरुको मनोमानी बढ्दै गएको लुम्बिनीका स्थानियवासीहरुले गुनासो गरेका छन् ।

लुम्बिनीमा बनेका गौतमी भिक्षुणी बिहारले दैनिक एक सय ५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ । यस्तै, गोल्डेन टेम्पल म्यानमारले दुई सय ५०, कम्बोडियाको बिहारले दुई सय, महाबोधि सोसाइटीले एक सय २०, राजकीय थाई बिहारले तीन सय, कोरियन बिहारले पनि तीन सय, बज्रयान बिहारले दुई सयजना पाहुना एकैपटक राख्न सक्छन । चाइना बिहारमा दुई सय ५०, क्यानेडियन बिहारमा एक सय २०, सिंगापुरको बिहारमा सयजना पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ बिहार र क्वालाम्पुर बिहारले १५० बढि कोठा निर्माण गरिरहेका छन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending