काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख तेस्रो सातासम्म अधिवेशन सम्पन्न भइसक्ने जनाइएको छ ।
गत जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मङ्सिर ३० र ३१ गते दोलखा र यही चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न गरिएको हो । सिन्धुपाल्चोकमा पनि अधिवेशन सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोकमा विनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भीम दाहाल, काभ्रेमा वसुन्धरा हुमागाईँको नेतृत्वमा गठित जिल्ला कमिटीले साङ्गठनिक विस्तार गर्दै आइरहेका छन् । काभ्रेमा अध्यक्ष र सचिव बाहेकका पदहरूमा प्रत्यक्ष निर्वाचन भएको थियो । त्यस्तै आगामी वैशाख १५ र १६ गते मकवानपुर जिल्ला सम्मेलनको मिति तोकिएको छ ।
यसैबीच पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन केन्द्रित बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ओलोकनगरमा जारी बैठकमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा प्रस्तुत ‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा छलफल चलिरहेको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल गरिएको छ ।
बैठकमा सो प्रस्तावमाथि छलफल सकिएपछि पार्टी उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले साङ्गठनिक दस्तावेज प्रस्तुत गर्ने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिईन् । महाधिवेशनमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज, सम्मानित नेता खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष भुसालले पार्टी विधान र महासचिव भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको थियो ।
पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्न तयारी तीव्ररूपमा थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: