चितवन । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ ।
त्यो वास्तविक गाउँ नभई आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक मेलाका लागि नारायणी नदी किनारमा निर्माण गरिएका विभिन्न जातजातिका पहिचान झल्कने नमूना घर हुन् । तिनै घरहरु नै अहिले महोत्सवका मुख्य आकर्षण बनेका छन् ।
विभिन्न जनजातिका घर नै महोत्सवमा आउने दर्शकको रोजाइमा परेको महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले बताए। उनले भने, “हामीले विभिन्न आदिवासी जनजातिका घर निर्माण गरेका छौँ, ती घरहरु नै महोत्सवका मुख्य आकर्षण बनेका छन्, यी नमूना घरको अवलोकन गर्ने र फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।”
उनका अनुसार महोत्सवस्थलमा विभिन्न जातजातिका ११ घर निर्माण गरिएका छन् । ती घरमा जातजाति अनुसारका मौलिक संस्कार, संस्कृति तथा पहिचान झल्किने सामग्री राखिएका छन् । आदिवासी जनजाति समुदायको मौलिक संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही चैत ९ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चितवनमा बसोबास गर्ने १७ जनजातिमध्ये गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेल, दराई, कुमाल, तामाङ, बोटे, राईलगायत जातिले आफ्नो मौलिक घर नै निर्माण गरेर जनजाति बस्ती नै निर्माण गरेका छन् ।
सोही बस्तीभित्र मौलिक परम्परागत घर निर्माण गरेका गुरुङ समुदायले आफ्नो मौलिक संस्कार तथा संस्कृति झल्कने सामग्री राखेका छन् । उक्त घरभित्र र बाहिर राखेका गुरुङ समुदायको संस्कृति झल्किने सामग्री अवलोकन र फोटो खिच्नेको भीड लाग्ने गरेको तमू प्ये ल्हु सङ्घ चितवनका अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार उक्त घरमा गुरुङ समुदायले परापूर्वकालदेखि जन्मदेखि मृत्युसम्म प्रयोग गर्दै आइरहेका सामग्रीलाई प्रदर्शनीमा राखेका छन् । गुरुङ घरमा परापूर्वकालमा गुरुङ समुदायले प्रयोग गर्ने, ढिकी, जातो, हलो जुवा, कोदाली, कोदोको जाँडरक्सी बनाउने हाडाबाडा, मादल, धान मकै राख्ने भकारी, मासु सुकाउने भार, ओदान, पितृपूजा गर्ने स्थल, निर्माण, फैलु राख्ने स्थान, क्होइवोलगायत परम्परागत सामग्री प्रदर्शनीमा राखिएको उनको भनाइ छ ।
साथै गुरुङ समुदायका परिकारसमेत राखिएका छन् । गुरुङ जातिको मात्र नभई नारायाणी नदी किनारमा निर्माण गरिएका अन्य जनजातिका घरहरुमा पनि आ–आफ्नै मौलिक परम्परागत पहिचान तथा संस्कार एवं संस्कृति झल्किने सामग्री राखिएका छन् । अन्य समुदायका घरमा पनि गुरुङको घरमा जस्तै अवलोकन गर्ने र फोटो खिच्नेको भीड लाग्ने गरेको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा सुरु भएको महोत्सज चैत १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक विभिन्न जातजातिका संस्कृति झल्किने झाँकीसहित राष्ट्रियस्तरका गायकगायिकाका साथै विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहँदै आएको आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: