Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

उद्यमसँगै रोजगारी बढाउँदै सोलुखुम्बुको थुलुङ दुधकोशी

आयातीत पेय पदार्थमा रोक लगाउने तयारी

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न अग्रसर बनेको छ । गाउँपालिकाले स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाएको हो । 

गाउँपालिकाको ७ नम्बर वडाले स्थानीय किसानले उत्पादन गरेको फलफुलबाट जुस बनाउने उद्यम थालेको छ ।  गाउँपालिकाले सञ्चालन गरेको उद्यमशीलता विकास तालिममा सहभागी भएका ३४ जना स्थानीय मिलेर व्यवसायिक जुस उत्पादन सुरु गरेको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए । सीप सिकेकाहरुले व्यवसायिक रुपमा जुस उत्पादन गरी बजारमा लैजाने तयारी गरेका छन् ।

उनीहरुले घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरेर जुस उत्पादन सुरु गरेका हुन् । उनीहरुले यस वर्ष किवी, सुन्तला, अमला र कागतीको जुस उत्पादन गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक पर्ने किवी, सुन्तला र अमला उनीहरुले खरिद गरेर कोल्डस्टोरमा भण्डारण गरेका छन् । कोल्डस्टोरबाट आवश्यकता अनुसार फलफुल निकालेर दैनिक फलफुल पेलेर जुस बनाउने गरेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका ८ नम्बर वडामा २१ मेट्रिक टन क्षमताको कोल्डस्टोरेज निर्माण गरी फलफुल सुरक्षित भण्डारण गर्ने गरिएको छ । व्यवसायिक जुस उत्पादनको क्षमता बढाउँदै जानुपर्ने भएकोले वडा नम्बर ७ पनि कोल्डस्टोर बनाउने प्रक्रिया अगाडि बढाएको अध्यक्ष कार्कीले जानकारी दिए । यसरी उत्पादन गरिएको जुस एक वर्षसम्म सुरक्षित रहने भएकोले बजारीकरणमा गाउँपालिकाले सहजीकरण गरिदिने बताइएको छ ।

गाउँपालिकाले यस वर्ष परीक्षणस्वरुप १० हजार लिटर जुस उत्पादन गरेर बजारमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा स्थानीय बजारमै जुस प्रवद्र्धन गर्ने योजना वडा कार्यालयले बनाएको छ । 
आयातीत पेय पदार्थमा रोक लगाउने तयारी

आगामी वर्ष जुसको उत्पादन बढाएर थुलुङ दुधकोशी गाउँपालिकामा कोकाकोला, फेन्टा, स्प्राइटजस्ता आयातित जुसको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गर्दै गाउँपालिकाले फलफुलको जुस उत्पादन र बजारीकरणमा जोड दिएको वडाध्यक्ष कार्कीले बताए ।  आफैंले उत्पादन गरेको अग्र्यानिक फलफुलबाट बनेको जुसको प्रयोग बढाउने र आयातीत पेय पदार्थहरुको बिक्रीमा रोक लगाउने  गाउँपालिकाको योजना रहेको पनि उनले बताए । 

जुससँगै उक्त उद्यमीहरुको समूहले अचार उत्पादन पनि थालिसकेको कार्कीले बताए ।  गाउँपालिकाले थुलुङ दुधकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पकेट खेती कार्यक्रम सञ्चालन गरी फलफुल उत्पादनमा जोड दिँदै आएको छ । किसानहरुले उत्पादन गरेको फलफुलले बजार नपाउँदा किसानहरु चिन्तित हुनथालेपछि गाउँपालिकाले फलफुलबाट जुस र अचार बनाएर बिक्री गर्ने योजना बनाइ उद्यमशीलता तालिम दिन थालेको हो ।

एक घर एक उद्यमी

गाउँपालिकाले 'एक घर एक उद्यमी’ नारासहित उत्पादनमा जोड दिँदै आएको छ । सोही योजनाका साथ उसले हरेक घरका एक जना सदस्यलाई व्यवसायिक सीप सिकाउँदै आएको छ । गाउँपालिकाले एउटा कुनै व्यवसायिक सीप उपलब्ध गराएको घरको अन्य सदस्यलाई अरु प्रकारको सीप विकास तालिममा सहभागी नगराउने नीति लिएको छ ।

एउटा घरबाट एक जना सदस्यलाई कुनै एउटा सीप सिकाउने र अर्को प्रकारको तालिममा त्यसै घरबाट अरु सदस्यलाई सहभागी नगराउने भएकाले सिकेको सीपको सदुपयोग गर्न र रोजगारी सिर्जना गर्नुका साथै उद्यम विकासमा पनि योगदान पुग्ने विश्वास लिएको वडाअध्यक्ष कार्कीले बताए । 
जुस उत्पादन तालिम दिएर उद्यमशीलता विकासमा जोड दिएको गाउँपालिकाले यस वर्ष कच्चा पदार्थ खरिद गर्न केही रकम अनुदान दिएको छ भने यन्त्र उपकरण खरिदमा पूर्ण अनुदान दिएको छ । त्यसबाट उद्यमीहरुलाई उत्पादनमा लाग्न सहयोग पुगेको छ ।

गाउँपालिकाले यस वर्ष १४ जना महिलाहरुलाई ढाका बुन्नु तालिम दिएको थियो । तालिम दिएका सबै एउटा केन्द्रमा भेला भएर ढाका उत्पादन थालिसकेका छन् । ढाका उत्पादनलाई पनि व्यवसायिकरुपमा अगाडि बढाइरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

घरघरमा स्वेच्छिक उत्पादन गर्न दिँदा व्यवसायिक लक्ष्य हासिल गर्न गाह्रो हुने र गुणस्तर नियन्त्रण गर्न नसकिने भएकोले एउटै केन्द्रमा काम गर्ने र उद्योगकै रुपमा विकास गर्ने गरी उत्पादन विधि बनाइएको  वडाध्यक्ष कार्कीले बताए ।

पछिल्लो पटक गाउँपालिकाले बेकरी उत्पादन र सरफ उत्पादन गर्ने तालिम पनि सञ्चालन गरिरहेको छ ।  कपडा धुन प्रयोग हुने सरफको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित चैत ८ गतेबाट १५ दिने तालिम जारी रहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । अध्यक्ष राईले सीपले मानिसलाई परिपक्व र आत्मनिर्भर बनाउने बताए । बेकरी तालिममा २५ र सरफमा २२ जनाको सहभागिता छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending