Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

खबरडबली संवाददाता

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेको थिए। 

यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएको थिए तर कुचोको मूल्य घट्यो । ३० क्विन्टल कुचो बिक्री गर्दा राम्रो भाउ आएन । “यतिबेला प्रतिकिलो रु ६० देखि रु ६५ मात्र छ, खेताला लगाएको पारिश्रमिक पनि नउठ्ने भएपछि गोदाममा नै थन्क्याएर राखेको छु,” उनले भने, “अलि भाउ आउँछ कि भनेर पर्खेको तर भाउ आएन, यो साल घरखर्च टार्न समस्या हुने भयो ।” 

माकाहाङकै अर्का किसान रणबहादुर लिम्बू समस्या पनि उदयको भन्दा फरक छैन । गुजारा चलाउने माध्यम अम्रिसो खेतीलाई बनाउनुभएका लिम्बूको परिवार अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्तामा छ । गत वर्ष प्रतिकिलो रु एक सय २० का दरले १२ क्विन्टल कुचो बेचेका उनले यस वर्ष प्रतिकिलो रु ७० ले मात्र कुचो बेचे । कुचोबाट आम्दानी हुने आशाले खेतीयोग्य जमिनमा अम्रिसो रोप्नुभएका उहाँलाई कुचोले भाउ नपाएपछि चिन्ताले पिरोलेको  छ । 

उनीहरु प्रतिनिधि किसान मात्र हुन् । यस वर्ष कुचोले राम्रो मूल्य नपाएपछि उहाँहरुजस्ता जिल्लाका प्रायः सबै किसानलाई गुजारा चलाउन समस्या परेको छ । विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ । गत वर्ष प्रतिकिलो रु एक सय २० देखि रु एक सय ३० सम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो रु ६५ मा मात्र किनबेच भइरहेको माङसेबुङ गाउँपालिका–५ का व्यापारी जसहाङ साउदेनले बताए। यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कमी हो । 

भाउ घटेकै कारण किसानबाट किनेको कुचो बिक्री नगरी गोदाममै थन्क्याएर राख्न बाध्य भएको साउदेनले बताए। “यस वर्ष सुरुमा ‘ए ग्रेड’ कुचोको भाउ प्रतिकिलो रु ७० देखि ७५ सम्म चल्यो । मैले पनि सोही भाउमा किसानबाट कुचो किने तर अहिले भाउ घटेर प्रतिकिलो रु ६५ मा झ¥यो,” उहाँले भने, “करिब आठ सय क्विन्टल कुचो गोदाममै थन्क्याएर राखेको छु । यस वर्ष कुचोले किसान मात्र होइन व्यापारीलाई समेत घाटा लगाएको छ ।”

जिल्लामो अलैँची खेती मासिने क्रम बढेपछि अधिकांश किसानले अम्रिसो लगाएका थिए । पाखो र भिरालो जमिन भए पनि सप्रिने अम्रिसो अलैँचीको वैकल्पिक खेती बनेको थियो । अम्रिसो खेती इलामका प्रायः सबै पालिकामा हुने गर्छ । इलाममा उत्पादित कुचो झापाको धुलाबारीमा सङ्कलन गरी काकटभिट्टा हुँदै भारत निकासी हुने गर्छ । इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने गरेको तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा वृद्धि हुने व्यापारीको अनुमान छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ हटाइएपछि संसद्मा प्रश्न

काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस...

सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउन नेकपा प्रमुख सचेतक दुलालको माग

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन...

पहिरो आउँदा मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१०...

मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको स्रोत स्पष्ट पार्न त्यससँग सम्बन्धित बिल सार्वजनिक गर्न माग गरिएको छ। सोमबारको ...

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार ९मे १४०को बिहान ...

विश्वकप लिग–२ : सन्दीपले तोडे स्टार्कको कीर्तिमान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिट...

भदौ २३–२४ घटनाको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ...

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन आयोगप्रति कांग्रेस सांसद साहको आशंका

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित आयोगप्रति आशंका व्यक्त गरेका छन्। प्रतिनिधिस...

रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्ल आदेश

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। यसअघि कानुन व्यवसायीहरूले दर्...

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छ: सांसद ओली

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending