Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

देशभर ७४ लाख नागरिक आबद्ध रहेका पाँच सय सहकारी सङ्कटमा

खबरडबली संवाददाता

काठमाडौं । संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । 

देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौं रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।

सहकारी क्षेत्रका अगुवाहरूका अनुसार चालु आर्थिक वर्ष २०८० /८१ सम्ममा पाँच सयभन्दा बढी सहकारी डुब्ने अवस्थामा पुगेका छन् । संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको अवधारणामा अर्थतन्त्रको विकास गर्ने भने पनि सहकारी क्षेत्रमाथि पछिल्ला वर्षमै मात्रै ठुलो अविश्वास सिर्जना भएको सरोकारवालाले बताएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सङ्घीय सरकारकै मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति नियन्त्रणका लागि वर्गीकरण गरेर कारबाही प्रक्रिया अगाडि बढाइने बताए । 

उजुरी दिने बढे 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दाहालले सरकारी अभिलेख अनुसार करिब ३२ हजार सहकारी संस्था दर्ता भएको बताउनुभयो । उहाँका अनुसार वित्तीय कारोबार गर्ने बचत तथा ऋण शीर्षकका १५ हजार र १० हजार बहुउद्देश्यीय सहकारी संस्था गरी २५ हजार सहकारी संस्थाले वित्तीय कारोबार गरिरहेका छन् । 

उनले भने, “२५ हजारको हाराहारीमा ऋण तथा बचत र बहुउद्देश्यीय सहकारीले कुनै न कुनै रूपमा वित्तीय कारोबार गरिरहेका छन्, बैङ्क जस्तै । वित्तीय कारोबार गर्ने पाँच सय सहकारी आर्थिक रूपमा सङ्कटग्रस्त भएको, बचतकर्ताको बचत रकम फिर्ता नगरेको र सञ्चालक पनि भागेको जस्ता घटनासहित उजुरी आएका छन् ।”

अध्यक्ष दाहालका अनुसार ती सहकारीका बचतकर्ता बचत फिर्ता पाउनुपर्ने माग राखेर उजुरी, निवेदन बोकेर नियमनकारी निकायमा धाउने गरेका छन् । उनले समस्याग्रस्त सहकारी समितिले सङ्घीय सरकारमातहतका १४५ मध्ये १९ वटा सहकारीलाई सङ्कटग्रस्त घोषणा गरेको, प्रदेश र स्थानीय तहका सहकारीमा देखिएको सङ्कट सोही निकायबाट समाधानका लागि पहल भइरहेको बताए । 

उहाँका अनुसार ३२ हजारमध्ये प्रदेशमा १९ प्रतिशत र स्थानीय तहमा ८० प्रतिशत सहकारी दर्ता भएका छन् । उनले ७४ लाख नागरिक सहकारीमा आबद्ध रहेको र ४१ लाखभन्दा बढी महिला सहकारीमा सम्बद्ध रहेको बताए । सबै सहकारीले बदनियतले काम गरेका छैनन् । उद्देश्य खराब भएकालाई निर्मम कारबाही गर्नु पर्छ । सबै तहबाट बचत फिर्ता पाउँछन् भन्ने विश्वास र प्रत्याभूति गर्नु पर्छ । 

उनले सङ्घीय सरकारमा दर्ता भएका सहकारीको आर्थिक अनियमितता सार्वजनिक भए पनि प्रदेश र स्थानीय तहमा भएका अनियमितता र अपचलन ओझेलमा रहेको बताए । उनले भने, “सहकारी उत्पादनमुखी हुनु पर्छ । सदस्य केन्द्रित हुनु पर्छ । सदस्यलाई आर्थिक सामाजिक समस्या पर्दा सहयोग गर्ने हुनु पर्छ तर नाफा कमाउने उद्देश्यले खुद्रा पसल जस्तै खुलेका, सहकारीको ज्ञान नभएको, एकै घरका सदस्यको एकाधिकार भएका सहकारी सङ्कटमा परेका छन् । न साधारण सभा छ न लेखापरीक्षण, त्यसैले यो विकृति बढेको हो ।”

उनले बचतकर्तालाई विश्वास दिलाएर रकम सङ्कलन गर्ने र कुम्ल्याएर टाप कस्ने प्रवृत्तिका कारण सहकारीमाथि विश्वासको सङ्कट आइपरेको बताए । , “नियमनकारी निकायले प्रभावकारी काम नगरेर केहीलाई संरक्षण गरिँसम्स्या आएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले सरकारले समस्याग्रस्त घोषणा गरेका १९ वटामध्ये तीन वटाको राफसाफ गरी बचत फिर्ता गरेको र अन्य दुई वटाको बचत फिर्ता गराउने प्रक्रिया अगाडि बढाइएको बताए। उनले भने, “माग दाबी, सम्पत्ति रोक्का, खोज्नुपर्ने, लिलाम गर्नुपर्ने जस्ता काम अगाडि बढेका छन् । सञ्चालकले सम्पत्ति बेच्ने, भाग्नेसम्मका कारण समस्याग्रस्त भएकालाई कारबाही गर्न र फिर्ता गर्न प्रक्रियामा समस्या भइरहेको छ ।”

कानुन निर्माणको तयारी

सहकारीको विषयमा संसद्का पछिल्ला बैठकमा बहस भयो । सहकारीको ऋण प्रवाहको सन्दर्भमा बहस भइरहँदा सरकारले सहकारीलाई वर्गीकरण गरी नियमन गर्ने तयारी थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अर्थतन्त्रको एउटा खम्बा सहकारीलाई व्यवस्थित गर्न कानुन निर्माणका लागि छलफल अघि बढाइएको बताए । उनले भने, “गलत मनसायले आर्थिक कारोबार गर्ने सहकारी र राम्रो काम गर्ने सहकारीलाई अलग गरिन्छ । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई कारबाही गर्ने गरी अल्पकालीन र दीर्घकालीन रूपमा प्राधिकरण बनाउने भनेर छलफल अगाडि बढाइएको छ ।”

उहाँले कार्यविधि बनाएर सङ्घीय, प्रदेश र स्थानीय तहका सहकारीपीडित नागरिकलाई बचत रकम फिर्ता गर्ने गरी कार्यविधि बनाउने प्रस्ट पारे । उनले भने, “तथ्याङ्क सङ्कलनकै चरणमा छौँ । दर्ता गरेर छाडेका, स्वतः खारेज भएका र सञ्चालनमा रहेका सबैको तथ्य तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै परिणाम आउने गरेर काम हुँदै छ ।”

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सङ्घमै पनि स्थानीय तह र प्रदेशमा दर्ता भएका सहकारीमा भएको आर्थिक अपचलनको उजुरी आइरहेको बताए । उनले वित्तीय कारोबारमा संलग्न सहकारीमै अधिकतम समस्या देखिएको बताए । उनले भने, “उजुरी आइरहेका छन् । हेरेर सङ्घको भए यतैबाट र स्थानीय तह र प्रदेशको भए सम्बन्धित नियमनकारी निकायमै पठाइदिन्छौँ । समस्याउन्मुख देखिएका र बचत फिर्ता गर्न नसकेका धेरैजसोलाई समस्याग्रस्त घोषणा गरेर टुङ्ग्याइएको छ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending