नवलपसारी । सर्वस्वसहित जन्मकैदको सजाय पाएका एकजना फरार व्यक्ति २२ वर्षपछि नवलपरासीबाट पक्राउ परेका छन् । बर्दघाट नगरपालिका– १६ निवासी ४२ वर्षीय केशव गुरुङ पक्राउ परेका हुन् ।
उनले ०५८ साल कात्तिक १५ गते बर्दघाट नगरपालिका– १६ सूर्यबस्तीनिवासी बुद्धिजंग रानालाई गोली प्रहार गरी हत्या गरेका थिए । घटनापश्चात् भारत र नेपालका विभिन्न स्थानमा लुकी बस्दै आएका गुरुङ अहिले गाउँघरमै लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत परासीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
उनले ०५८ कात्तिक १५ गते राति सांस्कृतिक कार्यक्रम हेर्न गएका रानालाई सांस्कृतिक कार्यक्रम सकेर फर्कने क्रममा मोटरसाइकलको हेलमेटको विषयमा झगडा हुँदा गोली प्रहार गरी हत्या गरेका थिए । उनको ०५८ कात्तिक १६ गते शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । अभियुक्त गुरुङलाई अदालतले ०६६ साल असार २८ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: