Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

वनको डँढेलो बस्ती छिरेपछि....

वर्षाले आगलागीका घटनामा कमी

खबरडबली संवाददाता

खोटाङ । सुक्खा याम शुरू भएसँगै खोटाङका १० स्थानीय तहमा अहिले डँढेलो प्रकोप बढेको छ । कतिपय स्थानीयको उठिबास भएको छ । डँढेलोले पर्यावरण, बोटबिरुवा र जंगली जनावरलाई पुर्‍याएको क्षतिको हिसाब छैन।

गत चैत ५ गते खोटाङको साकेला गाउँपालिका–५ मात्तिमका बुद्धिमाया राईको मतान र गोठ डँढेलोले जल्यो । गुर्दुमस्थित नाकेडाँडा सामुदायिक वनमा लागेको डँढेलोले राईको घरकै रूपमा प्रयोग हुँदै आएको मतान सहित लत्ताकपडा, भाँडावर्तन, काठपात र गोठ जल्दा तीन लाख ४५ हजारको क्षति भयो।

यस्तै, चैत ३ गते राते खोला सामुदायिक वनमा लागेको डँढेलोले खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राईको घर र गोठ, देवराज राईको मुन्डा घर र दुई वटा गोठ तथा इश्वरमाया राईको गोठ खरानी भए । निभाउन प्रयास गर्दा गर्दै डँढेलोले दूधकोशी जलविद्युत् आयोजनाको स्टोरमा राखिएको १० ड्रम डिजेल समेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यस्तै, सतिदेवी र खेमकाजी सामुदायिक वनमा लागेको डँढेलोले ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर तथा युवराज राईको गाई गोठ र बाख्रा खोर लगायत नष्ट भए।

गत फागुन ३० गते पनि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे खिसाकास्थित ठूलोभीर सामुदायिक वनमा डँढेलो लाग्दा सोही ठाउँका जीवन राईको घर र मतान, सुवास राईको मतान र गोठ तथा तारा राईको मतान जल्यो । 
यसको चार दिनअघि फागुन २६ गते असोजे सामुदायिक वनमा लागेको डँढेलोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र एक तले एउटा मतानको छाना जलेको थियो।

खरबारीमा लागेको डँढेलोको झिल्कोले फागुन २१ गते खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका महेश जनकर्मीको घर र उमेश जनकर्मीको मतान नष्ट भएको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार गत फागुन २१ गतेदेखि चैत ६ गतेबीचमा जिल्लाका विभिन्न ३५ ठाउँमा डँढेलो लागेको छ । डँढेलोका कारण १६ वटा घर र १९ वटा गोठ लगायतका संरचना जल्दा एक करोड ६३ लाख ७७ हजार ५०० बराबरको क्षति भएको छ। 

डँढेलोकै कारण ७१ वटा खसीबाख्रा, दुई वटा बाछा र १७५ वटा कुखुरा मरेको प्रहरी तथ्यांक छ।

प्रायः मानवीय त्रुटीका कारण वनमा डँढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताए । जंगली जनावर धपाउन, नयाँ घाँस उमार्न स्थानीयले नै कहिलेकाहीं वनमा डँढेलो लगाउने गरेका उनको भनाइ छ । वनजंगल पुगेका वेला बालेको आगो ननिभाई छाड्दा, बालेको सलाई, चुरोटको ठुटो ननिभाई फाल्नाले पनि वनमा डँढेलो लाग्ने गरेको उनले बताए ।

वनजंगलमा डँढेलो लगाउनु कानूनतः दण्डनीय मानिने भएपनि मनविय असावधानीका कारण जंगलमा आगलागीका घटना बढी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । 

वर्षाले नियन्त्रणमा डँढेलो

हिउँद वर्षाविहीन हुँदा देशका धेरै स्थानमा डँढेलो सल्किएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलका अनुसार, गत साता मात्रै देशका ३०० भन्दा बढी स्थानमा डँढेलो लागेको थियो। खासगरी, हिउँदे वर्षा नहुँदा देशको पूर्वी भेगमा डँढेलो र आगलागीका धेरै घटना भएका थिए।

तर वर्षा भएपछि धेरै स्थानको डँढेलो निभेको भूउपग्रह तस्वीरले देखाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको सक्रिय आगलागीको तथ्यांकले पछिल्लो २४ घण्टामा देशको पश्चिमी भागका केही स्थानमा मात्रै डँढेलो र आगलागी बाँकी रहेका देखाएको छ। 

खोटाङ सहित देशको पूर्वी भागमा सल्केको डँढेलो भने निभेको छ। जिल्लामा चैत ६ गते रातिदेखि सामान्य वर्षा भए सँगै आगलागीका घटनामा केही कमी आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending