Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वनको डँढेलो बस्ती छिरेपछि....

वर्षाले आगलागीका घटनामा कमी

खबरडबली संवाददाता

खोटाङ । सुक्खा याम शुरू भएसँगै खोटाङका १० स्थानीय तहमा अहिले डँढेलो प्रकोप बढेको छ । कतिपय स्थानीयको उठिबास भएको छ । डँढेलोले पर्यावरण, बोटबिरुवा र जंगली जनावरलाई पुर्‍याएको क्षतिको हिसाब छैन।

गत चैत ५ गते खोटाङको साकेला गाउँपालिका–५ मात्तिमका बुद्धिमाया राईको मतान र गोठ डँढेलोले जल्यो । गुर्दुमस्थित नाकेडाँडा सामुदायिक वनमा लागेको डँढेलोले राईको घरकै रूपमा प्रयोग हुँदै आएको मतान सहित लत्ताकपडा, भाँडावर्तन, काठपात र गोठ जल्दा तीन लाख ४५ हजारको क्षति भयो।

यस्तै, चैत ३ गते राते खोला सामुदायिक वनमा लागेको डँढेलोले खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राईको घर र गोठ, देवराज राईको मुन्डा घर र दुई वटा गोठ तथा इश्वरमाया राईको गोठ खरानी भए । निभाउन प्रयास गर्दा गर्दै डँढेलोले दूधकोशी जलविद्युत् आयोजनाको स्टोरमा राखिएको १० ड्रम डिजेल समेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यस्तै, सतिदेवी र खेमकाजी सामुदायिक वनमा लागेको डँढेलोले ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर तथा युवराज राईको गाई गोठ र बाख्रा खोर लगायत नष्ट भए।

गत फागुन ३० गते पनि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे खिसाकास्थित ठूलोभीर सामुदायिक वनमा डँढेलो लाग्दा सोही ठाउँका जीवन राईको घर र मतान, सुवास राईको मतान र गोठ तथा तारा राईको मतान जल्यो । 
यसको चार दिनअघि फागुन २६ गते असोजे सामुदायिक वनमा लागेको डँढेलोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र एक तले एउटा मतानको छाना जलेको थियो।

खरबारीमा लागेको डँढेलोको झिल्कोले फागुन २१ गते खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका महेश जनकर्मीको घर र उमेश जनकर्मीको मतान नष्ट भएको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार गत फागुन २१ गतेदेखि चैत ६ गतेबीचमा जिल्लाका विभिन्न ३५ ठाउँमा डँढेलो लागेको छ । डँढेलोका कारण १६ वटा घर र १९ वटा गोठ लगायतका संरचना जल्दा एक करोड ६३ लाख ७७ हजार ५०० बराबरको क्षति भएको छ। 

डँढेलोकै कारण ७१ वटा खसीबाख्रा, दुई वटा बाछा र १७५ वटा कुखुरा मरेको प्रहरी तथ्यांक छ।

प्रायः मानवीय त्रुटीका कारण वनमा डँढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताए । जंगली जनावर धपाउन, नयाँ घाँस उमार्न स्थानीयले नै कहिलेकाहीं वनमा डँढेलो लगाउने गरेका उनको भनाइ छ । वनजंगल पुगेका वेला बालेको आगो ननिभाई छाड्दा, बालेको सलाई, चुरोटको ठुटो ननिभाई फाल्नाले पनि वनमा डँढेलो लाग्ने गरेको उनले बताए ।

वनजंगलमा डँढेलो लगाउनु कानूनतः दण्डनीय मानिने भएपनि मनविय असावधानीका कारण जंगलमा आगलागीका घटना बढी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । 

वर्षाले नियन्त्रणमा डँढेलो

हिउँद वर्षाविहीन हुँदा देशका धेरै स्थानमा डँढेलो सल्किएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलका अनुसार, गत साता मात्रै देशका ३०० भन्दा बढी स्थानमा डँढेलो लागेको थियो। खासगरी, हिउँदे वर्षा नहुँदा देशको पूर्वी भेगमा डँढेलो र आगलागीका धेरै घटना भएका थिए।

तर वर्षा भएपछि धेरै स्थानको डँढेलो निभेको भूउपग्रह तस्वीरले देखाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको सक्रिय आगलागीको तथ्यांकले पछिल्लो २४ घण्टामा देशको पश्चिमी भागका केही स्थानमा मात्रै डँढेलो र आगलागी बाँकी रहेका देखाएको छ। 

खोटाङ सहित देशको पूर्वी भागमा सल्केको डँढेलो भने निभेको छ। जिल्लामा चैत ६ गते रातिदेखि सामान्य वर्षा भए सँगै आगलागीका घटनामा केही कमी आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending