Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

सुचनाको नाममा बार्गेनिङ गर्नेलाई पुरस्कार दिने आयोगको तयारी

मोहन कुमार चौलागाई

काठमाडाैं । रास्ट्रीय सुचना आयोगले बिनय कसजु रास्ट्रीय सुचना अभियान्ता पुरस्कार २०८० को लागि माग गरेको निबेदन मा गैर्ह अभियान्ताको नाम समेत परे पछी यो बिषयमा देशै भर आलोचना सुरु भएको छ ।

आयोगले पुरस्कार दाबि गर्नको लागि निबेदन पेस गर्न २०८० माघ २५ गते सुचना प्रकाशन गरेको थियो । आयोगले सूचना प्रकाशन गरे पछी आयोगमा देशै भर बाट ९ जना अभियान्ता र ११ जना सरकारी कार्यालयका सुचना अधिकारिको निबेदन परेको आयोगले २०८० चैत ७ गते प्रकासित सुचनामा उल्लेख गरेको छ ।

आयोगले प्रकाशन गरेको अभियान्ताको लिस्टमा सुचनाको अभियान्ता नभई प्रायोजित व्यक्तिले समेत पुरस्कार दाबि गरेको आरोप लागेको छ । सुचनामा प्रकासित नाम रहेको अन्जु आचार्य सुचना अभियान्ता नभएको आफैले कहिँ कतै सुचना माग नगरेको कुनै कार्यक्रममा पनि सहभागिता नभएको सुचनाको हक सम्बन्धि कुनै तालिम गोस्टी अन्तरक्रियामा सामेल नभएको व्यक्तिले समेत अभियान्ता भनि आयोगमा पुरस्कार दाबि गरे पछी यो बिषयमा जनस्तरमा बिबाद बढेको हो ।

आयोगले पुरस्कार दाबि गर्ने हरुको नाम सार्वजनिक गरे पछी तिनै तहका सरकारी कर्मचारी सरकारी तथा निजि प्रतिष्ठानमा रहेका सुचना अधिकारि एवं कार्यालय प्रमुखहरु समेत अचम्मित भएको गुनासो गरेका छन ।

आफुलाई अभियान्ता दाबि गरि पुरस्कार माग दाबि गर्ने अन्जु आचार्यको नामबाट सुचना माग गर्ने र सुचना माग गरिएका कार्यालय वा निजि प्रतिष्ठानमा अनलाइन न्युज पोर्टलमा बिज्ञापन को ब्ल्यकमेल गर्ने कार्य गरि दुख दिने कार्यबाट सरकारी कार्यालयका सुचना अधिकारी र कार्यालय प्रमुखहरु आजित भएको बताउँछन् ।

पहिला अन्जु आचार्यको नाममा सुचना माग गर्ने र त्यस पछी दिपक आचार्यको फोनबाट बिज्ञापन दिनुस म मिलाउछु भन्ने र जानकारी नै नगराई सुचना प्रकाशन गर्ने र दशौ हजारको बिल पठाउने कार्य हुँदै आएको एक स्थानीय तहका प्रमुखले बताएका छन । सूचनाको हकलाई दुरुपयोग गरि दुख दिने कार्यमा अन्जु आचार्यको नाम प्रयोग गरि दिपक आचार्यले उठन्ति गर्ने गरेको सिराहमा कार्यरत एक सरकारी कर्मचारीले बताए  ।

सुचनाको नाममा बार्गेनिंग गर्नेलाई पुरस्कार दिने आयोगले तयारि गरेपछि सुचना आयोगको कार्यशैली प्रति नागरिक सशंकित बनेका छन । जस्ले आयोगको नाम भजाएर सुचनाको हकलमई दुरुपयोग गरेर जिल्ला-जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई  दुख दिने कार्य गरे आज आयोगले उसैलाई सम्मान तथा पुरस्कार दिने तयारि गरेको हो भने त्यो जस्तो लज्जाबोध अरु के होला र ? हिमा गाउपालिका कैलालीका एक कर्मचारीले बताए ।

महिलाको नाम भजाएर आयोगकै बदनाम हुने कार्य प्रति सुचनाको हकका लागि रास्ट्रीय संजालका पुर्व महासचिब समेत रहेका पुरस्कार दाबिकर्ता अन्जु आचार्यका श्रीमान् दिपक आचार्य लागि परेको बताइएकाे छ । आयोगका कर्मचारी र आयुक्त समेतलाई प्रभावमा परि श्रीमतीलाई पुरस्कार मिलाउन आचार्य सधै रास्ट्रीय सुचना आयोगमा लबिंग गरिरहेको आयोगका एक कर्मचारीले बताए । 'दिपक जी प्राय आयोगमै देखिनु हुन्छ, पुरस्कार दाबि गर्ने सुचना प्रकाशन भए पछि त झन् उहाँ अन्जुको सिफारिस गर्न दैनिकी जसोनै आयोग आउने जाने गरीरहनु भएकाे छ ।' 

आचार्यले केही समय अघि सुचना समन्वय केन्द्र स्थापना गरि आफ्नै श्रीमतीलाई पुरस्कार  दिलाउन सिफारिस गरिह्येकाे र उनले स्थापना गरेकाे सुचना समन्वय केन्द्रमा आफै अध्यक्ष रहेपनि उक्त सस्था हाल निस्कृय रहेको छ ।

रास्ट्रीय सुचना आयोगले आफ्नो स्थापना दिवस वैशाख २२ गते ५ जना सुचना अभियान्ता र ५ जना सुचना अधिकारिलाई  सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यतालिका रहेको आयोगले बताएको छ ।

सूचनाको हकका लागि रास्ट्रीय महासघका पुर्व उपाध्यक्ष् समेत रहेका दिपक आचार्यले आफ्नै श्रीमतीलाई पुरस्कार दिलाउन भ्रामक समाचार प्रकाशन गरि इमोस्नल ब्ल्याकमेल गरि आयोगलाई दबाब दिने गरको रहस्य समेत बाहिरिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending