Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सुचनाको नाममा बार्गेनिङ गर्नेलाई पुरस्कार दिने आयोगको तयारी

मोहन कुमार चौलागाई

काठमाडाैं । रास्ट्रीय सुचना आयोगले बिनय कसजु रास्ट्रीय सुचना अभियान्ता पुरस्कार २०८० को लागि माग गरेको निबेदन मा गैर्ह अभियान्ताको नाम समेत परे पछी यो बिषयमा देशै भर आलोचना सुरु भएको छ ।

आयोगले पुरस्कार दाबि गर्नको लागि निबेदन पेस गर्न २०८० माघ २५ गते सुचना प्रकाशन गरेको थियो । आयोगले सूचना प्रकाशन गरे पछी आयोगमा देशै भर बाट ९ जना अभियान्ता र ११ जना सरकारी कार्यालयका सुचना अधिकारिको निबेदन परेको आयोगले २०८० चैत ७ गते प्रकासित सुचनामा उल्लेख गरेको छ ।

आयोगले प्रकाशन गरेको अभियान्ताको लिस्टमा सुचनाको अभियान्ता नभई प्रायोजित व्यक्तिले समेत पुरस्कार दाबि गरेको आरोप लागेको छ । सुचनामा प्रकासित नाम रहेको अन्जु आचार्य सुचना अभियान्ता नभएको आफैले कहिँ कतै सुचना माग नगरेको कुनै कार्यक्रममा पनि सहभागिता नभएको सुचनाको हक सम्बन्धि कुनै तालिम गोस्टी अन्तरक्रियामा सामेल नभएको व्यक्तिले समेत अभियान्ता भनि आयोगमा पुरस्कार दाबि गरे पछी यो बिषयमा जनस्तरमा बिबाद बढेको हो ।

आयोगले पुरस्कार दाबि गर्ने हरुको नाम सार्वजनिक गरे पछी तिनै तहका सरकारी कर्मचारी सरकारी तथा निजि प्रतिष्ठानमा रहेका सुचना अधिकारि एवं कार्यालय प्रमुखहरु समेत अचम्मित भएको गुनासो गरेका छन ।

आफुलाई अभियान्ता दाबि गरि पुरस्कार माग दाबि गर्ने अन्जु आचार्यको नामबाट सुचना माग गर्ने र सुचना माग गरिएका कार्यालय वा निजि प्रतिष्ठानमा अनलाइन न्युज पोर्टलमा बिज्ञापन को ब्ल्यकमेल गर्ने कार्य गरि दुख दिने कार्यबाट सरकारी कार्यालयका सुचना अधिकारी र कार्यालय प्रमुखहरु आजित भएको बताउँछन् ।

पहिला अन्जु आचार्यको नाममा सुचना माग गर्ने र त्यस पछी दिपक आचार्यको फोनबाट बिज्ञापन दिनुस म मिलाउछु भन्ने र जानकारी नै नगराई सुचना प्रकाशन गर्ने र दशौ हजारको बिल पठाउने कार्य हुँदै आएको एक स्थानीय तहका प्रमुखले बताएका छन । सूचनाको हकलाई दुरुपयोग गरि दुख दिने कार्यमा अन्जु आचार्यको नाम प्रयोग गरि दिपक आचार्यले उठन्ति गर्ने गरेको सिराहमा कार्यरत एक सरकारी कर्मचारीले बताए  ।

सुचनाको नाममा बार्गेनिंग गर्नेलाई पुरस्कार दिने आयोगले तयारि गरेपछि सुचना आयोगको कार्यशैली प्रति नागरिक सशंकित बनेका छन । जस्ले आयोगको नाम भजाएर सुचनाको हकलमई दुरुपयोग गरेर जिल्ला-जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई  दुख दिने कार्य गरे आज आयोगले उसैलाई सम्मान तथा पुरस्कार दिने तयारि गरेको हो भने त्यो जस्तो लज्जाबोध अरु के होला र ? हिमा गाउपालिका कैलालीका एक कर्मचारीले बताए ।

महिलाको नाम भजाएर आयोगकै बदनाम हुने कार्य प्रति सुचनाको हकका लागि रास्ट्रीय संजालका पुर्व महासचिब समेत रहेका पुरस्कार दाबिकर्ता अन्जु आचार्यका श्रीमान् दिपक आचार्य लागि परेको बताइएकाे छ । आयोगका कर्मचारी र आयुक्त समेतलाई प्रभावमा परि श्रीमतीलाई पुरस्कार मिलाउन आचार्य सधै रास्ट्रीय सुचना आयोगमा लबिंग गरिरहेको आयोगका एक कर्मचारीले बताए । 'दिपक जी प्राय आयोगमै देखिनु हुन्छ, पुरस्कार दाबि गर्ने सुचना प्रकाशन भए पछि त झन् उहाँ अन्जुको सिफारिस गर्न दैनिकी जसोनै आयोग आउने जाने गरीरहनु भएकाे छ ।' 

आचार्यले केही समय अघि सुचना समन्वय केन्द्र स्थापना गरि आफ्नै श्रीमतीलाई पुरस्कार  दिलाउन सिफारिस गरिह्येकाे र उनले स्थापना गरेकाे सुचना समन्वय केन्द्रमा आफै अध्यक्ष रहेपनि उक्त सस्था हाल निस्कृय रहेको छ ।

रास्ट्रीय सुचना आयोगले आफ्नो स्थापना दिवस वैशाख २२ गते ५ जना सुचना अभियान्ता र ५ जना सुचना अधिकारिलाई  सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यतालिका रहेको आयोगले बताएको छ ।

सूचनाको हकका लागि रास्ट्रीय महासघका पुर्व उपाध्यक्ष् समेत रहेका दिपक आचार्यले आफ्नै श्रीमतीलाई पुरस्कार दिलाउन भ्रामक समाचार प्रकाशन गरि इमोस्नल ब्ल्याकमेल गरि आयोगलाई दबाब दिने गरको रहस्य समेत बाहिरिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending