Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

रामेछाप जिल्ला अस्पताल देशकै तेस्रो उत्कृष्ट

खबरडबली संवाददाता

रामेछाप । न्यूनतम सेवा मापदण्ड फलोअप मापन कार्यक्रममा जिल्ला अस्पताल रामेछाप देशभरको तेस्रो उत्कृष्ट अस्पताले बनेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडाले अस्पतालको न्यूनतम मापदण्ड फलोअप मापन कुल ९१ अङ्क हासिल गर्दै जिल्ला अस्पताल रामेछाप देशभर रहेका १५ शैयाको जिल्ला अस्पतालमा तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

जिल्ला अस्पताल रामेछापले २० अङ्क मापन हुने शासन र व्यवस्थापन मापदण्डमा ८९ प्रतिशत अर्थात् १७.८, ६० प्रतिशत अङ्क मापन हुने क्लिनिकल व्यवस्थापनमा ९३ प्रतिशत अर्थात् ५५.८ र अस्पताल सहयोग सेवामा २० प्रतिशत मापन हुनेमा ८९ प्रतिशत अर्थात् १७.८ अङ्क प्राप्त गरेको छ । अस्पतालले गत वर्ष न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा ८७ अङ्क प्राप्त गरेको थियो । 

फलोअप मापन समितिका प्रमुख एवं कोशी अस्पतालका अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेले १५ शैयाको जिल्ला अस्पतालमा जिल्ला अस्पताल रामेछाप न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा तेस्रो स्थानको अङ्क ल्याउन सफल भएको बताए ।  डा. पाण्डेका अनुसार बैतडीको एउटा अस्पतालले ९३ र सिन्धुपाल्चोकको एउटा अस्पताले ९२ अङ्क र  रामेछाप जिल्ला अपतालले ९१ अङ्क  प्राप्त गरेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले आफूले अस्पताल सञ्चालनको नेतृत्व गरेपछि न्यूनतम सेवा मापदण्ड फलोअप मापनको अङ्क बढ्दो क्रममा रहेको बताए । देशभरकै  तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल जिल्ला अस्पताल अब ५० शैयाको सञ्चालनका लागि स्वीकृत भइसकेकाले चुनौती थपिएको उनको भनाइ छ ।  

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजाने बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठले सेवाको विस्तार तथा गुणस्तरीयताका कारण सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको भन्दै गत आर्थिक वर्षमा २० हजार ४१४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म १६ हजार ७२९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए। 

२०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको जिल्ला अस्पताल २०५० सालमा १५ शैयाको अस्पतालमा स्तरोन्नति र आव २०७५र७६ बाट प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा रहेको छ । आकस्मिक सेवाको पाँच शया, २५ शयाको वार्ड, आइसियु दुई शया र डायलासिस पाँच शया गरी ३७ शया रहेको यो अस्पताल ५० शयाको अस्पताल सञ्चालनका लागि  स्वीकृत भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending