Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

रामेछाप जिल्ला अस्पताल देशकै तेस्रो उत्कृष्ट

खबरडबली संवाददाता

रामेछाप । न्यूनतम सेवा मापदण्ड फलोअप मापन कार्यक्रममा जिल्ला अस्पताल रामेछाप देशभरको तेस्रो उत्कृष्ट अस्पताले बनेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडाले अस्पतालको न्यूनतम मापदण्ड फलोअप मापन कुल ९१ अङ्क हासिल गर्दै जिल्ला अस्पताल रामेछाप देशभर रहेका १५ शैयाको जिल्ला अस्पतालमा तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

जिल्ला अस्पताल रामेछापले २० अङ्क मापन हुने शासन र व्यवस्थापन मापदण्डमा ८९ प्रतिशत अर्थात् १७.८, ६० प्रतिशत अङ्क मापन हुने क्लिनिकल व्यवस्थापनमा ९३ प्रतिशत अर्थात् ५५.८ र अस्पताल सहयोग सेवामा २० प्रतिशत मापन हुनेमा ८९ प्रतिशत अर्थात् १७.८ अङ्क प्राप्त गरेको छ । अस्पतालले गत वर्ष न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा ८७ अङ्क प्राप्त गरेको थियो । 

फलोअप मापन समितिका प्रमुख एवं कोशी अस्पतालका अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेले १५ शैयाको जिल्ला अस्पतालमा जिल्ला अस्पताल रामेछाप न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा तेस्रो स्थानको अङ्क ल्याउन सफल भएको बताए ।  डा. पाण्डेका अनुसार बैतडीको एउटा अस्पतालले ९३ र सिन्धुपाल्चोकको एउटा अस्पताले ९२ अङ्क र  रामेछाप जिल्ला अपतालले ९१ अङ्क  प्राप्त गरेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले आफूले अस्पताल सञ्चालनको नेतृत्व गरेपछि न्यूनतम सेवा मापदण्ड फलोअप मापनको अङ्क बढ्दो क्रममा रहेको बताए । देशभरकै  तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल जिल्ला अस्पताल अब ५० शैयाको सञ्चालनका लागि स्वीकृत भइसकेकाले चुनौती थपिएको उनको भनाइ छ ।  

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजाने बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठले सेवाको विस्तार तथा गुणस्तरीयताका कारण सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको भन्दै गत आर्थिक वर्षमा २० हजार ४१४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म १६ हजार ७२९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए। 

२०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको जिल्ला अस्पताल २०५० सालमा १५ शैयाको अस्पतालमा स्तरोन्नति र आव २०७५र७६ बाट प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा रहेको छ । आकस्मिक सेवाको पाँच शया, २५ शयाको वार्ड, आइसियु दुई शया र डायलासिस पाँच शया गरी ३७ शया रहेको यो अस्पताल ५० शयाको अस्पताल सञ्चालनका लागि  स्वीकृत भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending