काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताएको छन् ।
अध्यक्ष नेपालले ५९औँ जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै शताब्दीऔँदेखि थोपरिएको जातीय छुवाछूत, अन्याय, अत्याचार, भेदभाव र अमानवीय व्यवहार वर्तमान समयका निम्ति चुनौती बनिरहेको बताए । जातीय भेदभावविरुद्धका योद्धाप्रति श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दै उनले नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको प्रक्रियामा अघि बढेको छ भने ।
ऐतिहासिक जनक्रान्तिको बलबाट पुन:स्थापित प्रतिनिधिसभाबाट छुवाछूतमुक्त राष्ट्र घोषणा, नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद, जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य, धारा २४ र ४० मा दलितसम्बन्धी मौलिक हकको सुनिश्चितता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेकाले जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व भएको बताए ।
जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्नका लागि कानुनी प्रावधानको कार्यान्वयनमा जोड दिँदै अध्यक्ष नेपालले सामाजिक जागरण र राजनीतिक अभियानका लागि दलित समुदायलाई थप सशक्तीकरण गरी अपेक्षित सफलता प्राप्त कायम हुने विश्वास व्यक्त गरे। दलित समुदायको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि आगामी २०८१ देखि २०९१ को अवधिलाई दलित अधिकार दशकका रूपमा घोषणा गर्नुपर्नेमा उनले जोड दिनुभयोए ।
अध्यक्ष नेपालले यस रूपान्तरण अभियानमा आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न राजनीतिक दल, तीनवटै तहका सरकार, कर्मचारी, नागरिक समाजलगायतलाई आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १७:०१
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...
चैत्र ८ गते, २०८२ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:२९
ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...
चैत्र ८ गते, २०८२ - १६:१५
काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...
चैत्र ८ गते, २०८२ - १५:५८
काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...
चैत्र ८ गते, २०८२ - १५:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...
चैत्र ८ गते, २०८२ - १५:०५
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...


प्रतिकृया लेख्नुहोस्: