काठमाडौ । रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि नेपाल सरकारसँग डिएनए नमूना पठाइदिन आग्रह गरेको छ।
रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते पत्र लेखेर डिएनए नमूना पठाइदिन भनेको हो। डिएनए नमूना माग गरिएका १५ जना रुसी सेनाको अवस्था भने सार्वजनिक भइसकेको छैन।
कन्सुरल विभागका महानिर्देशक प्रकाशमणि पौडेलकाअनुसार डिएनए टेष्टका लागि भनेर पत्र आएको छ। दूतावासले ती १५ व्यक्तिका परिवारहरूको डिएनए उपलब्ध गराउन आग्रह गरेको हो।
अहिलेसम्म ८ जनाको परिवारले कन्सुलर विभागमा डिएनए रिपोर्ट उपलब्ध गराएको र ती रिपोर्ट पठाइसकिएको विभागले जनाएको छ। जसमध्य नवलपरासीका भीमबहादुर विश्वकर्मा, प्यूठानका सुमेश सुनार, ओखलढुंगाका खेमकुमार भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र मकवानपुरका विजयबहादुर थोकर रहेका छन्।
यस्तै क्षितिज बस्नेत र जितेन्द्र घिसिङको परिवारबाट पनि डिएनए उपलब्ध भएको तर उनीहरूको ठेगाना भने नखुलेको विभागले जनाएको छ।
रुस सरकारले पठाएको पत्रमा भीम विक (नवलपरासी), क्षितिज बस्नेत, जितबहादुर मगर (दाङ), टीकाबहादुर राना मगर (तेह्रथुम), चन्द्रप्रकाश बिसी (बाँके), अभिषेक बुढा मगर, घनश्याम शाही (मोरङ), सुमेस सुनार (प्यूठान), प्रेमबहादुर कठायत (अछाम), खेमकुमार भुजेल (ओखलढुंगा), विमलकुमार गजमेर (धनुषा), प्रेम प्रकाश न्यौपाने (नवलपरासी), विकाश राई (मोरङ), विजयबहादुर थोकर (मकवानपुर) र जितेन्द्र घिसिङ छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: