Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रुसले माग्यो सेनामा कार्यरत १५ नेपालीका परिवारको डिएनए

खबरडबली संवाददाता

काठमाडौ । रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि नेपाल सरकारसँग डिएनए नमूना पठाइदिन आग्रह गरेको छ।

रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते पत्र लेखेर डिएनए नमूना पठाइदिन भनेको हो। डिएनए नमूना माग गरिएका १५ जना रुसी सेनाको अवस्था भने सार्वजनिक भइसकेको छैन।

कन्सुरल विभागका महानिर्देशक प्रकाशमणि पौडेलकाअनुसार डिएनए टेष्टका लागि भनेर पत्र आएको छ। दूतावासले ती १५ व्यक्तिका परिवारहरूको डिएनए उपलब्ध गराउन आग्रह गरेको हो।

अहिलेसम्म ८ जनाको परिवारले कन्सुलर विभागमा डिएनए रिपोर्ट उपलब्ध गराएको र ती रिपोर्ट पठाइसकिएको विभागले जनाएको छ। जसमध्य नवलपरासीका भीमबहादुर विश्वकर्मा, प्यूठानका सुमेश सुनार, ओखलढुंगाका खेमकुमार भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र मकवानपुरका विजयबहादुर थोकर रहेका छन्।

यस्तै क्षितिज बस्नेत र जितेन्द्र घिसिङको परिवारबाट पनि डिएनए उपलब्ध भएको तर उनीहरूको ठेगाना भने नखुलेको विभागले जनाएको छ।

रुस सरकारले पठाएको पत्रमा भीम विक (नवलपरासी), क्षितिज बस्नेत, जितबहादुर मगर (दाङ), टीकाबहादुर राना मगर (तेह्रथुम), चन्द्रप्रकाश बिसी (बाँके), अभिषेक बुढा मगर, घनश्याम शाही (मोरङ), सुमेस सुनार (प्यूठान), प्रेमबहादुर कठायत (अछाम), खेमकुमार भुजेल (ओखलढुंगा), विमलकुमार गजमेर (धनुषा), प्रेम प्रकाश न्यौपाने (नवलपरासी), विकाश राई (मोरङ), विजयबहादुर थोकर (मकवानपुर) र जितेन्द्र घिसिङ छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

राष्ट्रपतिले प्रचण्ड, देउवा र ओलीलाई शीतलनिवास बोलाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending