Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

सहरको साख फर्काउन जागरण अभियान

खबरडबली संवाददाता
धनकुटा । धनकुटाको सदरमुकामस्थित धनकुटा नगरपालिका–५ मा रहेको तल्लो कोप्चे र  माथिल्लो कोप्चे बजारले आफ्नो गुमेको साख फर्काउन ‘कोप्चे जागरण अभियान’ सुरु गरेको छ । राणाकालमा धनकुटा गौडा र तत्कालीन पूर्वाञ्चलअन्तर्गत १६ जिल्लाको प्रशासनिक तथा शैक्षिक केन्द्र धनकुटा हुँदा यी दुई बजार जिल्लाका मुख्य व्यापारिक केन्द्रका रुपमा रहेका थिए । 
पछिल्लो समय विसं २०४० मा धरान–धनकुटा कोसी राजमार्ग धनकुटा हुँदै सडक सञ्जालले अन्य जिल्लामा जोडिएपछि यहाँको व्यापारिक केन्द्र स्थानान्तरण  भएपछि यी बजार सुनसान बनेका छन् । अहिले बजारको सबैभन्दा धेरै दुई कोप्चे बजार देखिएकाले यसको साख फर्काउन हालैबाट ‘कोप्चे जागरण अभियान’ सुरु गरिएको वडा नं ५ का वडाध्यक्ष धनकुमार श्रेष्ठले जानकारी दिए । त्यसका लागि बजारका सबै घरमा सुन्तला रङ लगाउने, विभिन्न खाना महोत्सवको आयोजना गर्दै आएको कोप्चे बजारमा बन्दीपुरको शैलीमा घरबास सेवा ९होमस्टे० सञ्चालन गर्न लागिएको राईले जानकारी दिए ।
विसं २०३९ मा धनकुटाबाट हिले हुँदै अन्य जिल्लामा भएको सडक विस्तारले धनकुटा बजार सुनसान हुन थालेको माथिल्लो कोप्चे बजारका ६० वर्षीय रमेश अमात्यले बताए । बजार सुनसान भएपछि तीस वर्षसम्म होटल व्यवसाय चलाएर आएका आमत्य परिवारले २०५२ सालपछि बन्द गरेर बसेको जानकारी दिए ।
क्रमशः अहिले माथिल्लो कोप्चे बजारका प्रायः धेरै घर रित्तो छाडेर स्थानीय विरानगर, काठमाडौँमा बसिरहेकाले बजार सुनसान देखिएको अमात्यले बताए । यस्तै सोही बजार क्षेत्रमा पुख्र्यौली पेसाका रुपमा किराना पसल गर्दै आउनुभएका ४५ वर्षीया सुशील श्रेष्ठले व्यापार ठप्प भएर घरमात्र रुँघेर बसेको जानकारी दिए ।
दश वर्षअघि मासिक रु तीन लाखसम्मको कारोबार हुने गरे पनि हाल पाँच हजारको पनि व्यापार नभएको उहाँले बताउनुभयो । “त्यो बेला करिब करोडको व्यापार हुन्थ्यो”, उनले भने, “अहिले पसल गरेर परिवार धान्न मुस्किल छ ।” श्रेष्ठले चौतर्फी सडक सञ्जाल पुग्नु र यहाँको प्रशासनिक केन्द्र अन्यत्र स्थान्तरण भएपछि बजार सुनसान भएको जानकारी दिए।
व्यापार–व्यवसाय नभएपछि अहिले माथिल्लो कोप्चे र तल्लो कोप्चे बजारका अधिकांश घरका ढिक (काठले बनेको आधा झ्याल आधा ढोकाको रुप) बन्द देख्न पाइन्छ । बन्द रहेका घर व्यापारका लागि अरूलाई पनि नबेच्ने र आफू पनि नबस्ने भएकाले बजार विस्तार हुन नसकेको तल्लो कोप्चे बजारका ५० वर्षीय सञ्जय श्रेष्ठको भनाइ छ ।
तीन पुस्तादेखि खाद्यान्नको व्यापार गर्दै आउनुभएका श्रेष्ठले ३५ वर्षअघि मासिक एक लाख ५० हजारसम्मको कारोबार भए पनि हाल मुस्किलले २५ हजारको पनि व्यापार हुने जानकारी दिए । विसं २०४५ देखि २०५६ सम्म राम्रो व्यापार रहेको यो बजारका अधिकांशले जिल्लाबाहिर किनेर बसोबास गर्ने र यहाँ घरमात्र छाडेकाले बजार सुनसान बनेको श्रेष्ठको भनाइ छ ।
पछिल्लो समय देश सङ्घीयतामा गएपछि धनकुटा सात स्थानीय तहमा विभाजन हुनु र पूर्वको प्रशासनिक केन्द्र (राजधानी) समेत विराटनगर सारिएपछि धनकुटा बजार सुनसान बनेको थियो । त्यसको  असरका कारण यी दुई बजार थप सुनसान बनेर गएको धनकुटा बजारसम्बन्धी जानकार धनकुटा–६ सिरानबजार निवासी ५५ वर्षीया राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ ।
बजार सुनसान बनेपछि विसं २०७५ मा माथिल्लो कोप्चे बजारले पर्यटकलाई आकर्षित गर्न दुवै सहरका सबै घर सुन्तला रङले रङ्गाएर ‘ओरेन्ज सिटी’ अभियान सुरु गरेको थियो । यो निरन्तरतालाई थप प्रभावकारी बनाउन गत वर्षबाट जागरण समिति बनाएर बजारको गुमेको साख फर्काउन विभिन्न कार्यक्रम तय गरिएको अभियान समितिका अध्यक्ष रिजन पोखरेलले जानकारी दिए ।
 
जागरण अभियान्अन्तर्गत वार्षिक रुपमा कोप्चे फुट फेस्टिभलको आयोजना गर्दै आएको समितिले यहाँको मौलिक संरचना र संस्कृति जगेर्ना गर्न लागिएको पोखरेलले जानकारी दिए । “यहाँका पुराना मौलिक घर पनि अरूका लागि आकर्षणको कुरो हुँदो रहेछ”, पोखरेलले भने, “हामीले यसको संरक्षण गरेर घरबास (होम स्टे) चलाउने तयारीमा छौँ ।”
घरबास सेवाका साथमा स्थानीय नेवारी, आठपहरीयालगायत विभिन्न जातजातिको संस्कार÷संस्कृतिसमेत जगेर्ना गरेर अघि बढ्ने उनले जानकारी दिए । धनकुटा बजारका अग्रजले आफ्नो ठाउँलाई मायाँ नगरेका कारण बजार नै सुनसान अवस्थामा पुगेको  नगर प्रमुख चिन्तन तामाङको भनाइ छ ।
“नाम, दाम र इज्जत धनकुटामा कमाउने तर लगानी तराई र काठमाडौँ गर्नेहरुका कारण बजार सुनसान भएको हो”, तामाङले भन्नुभयो । ढिलै भए पनि चेत खुलेका कारण पछिल्लो समय नगरका केही व्यक्तिले बजार क्षेत्रको विकासका लागि गरेको खर्चप्रति उहाँले प्रशंसा गरे ।
जिल्लाबाहिर रहेका नगरबासीले क्रमशः आफ्नो ठाउँमा लगानी गर्ने परिपाटी सुरु भएको देखिएकाले बिस्तारै नगरको व्यापार र चहलपहल बढ्दै जाने तामाङले विश्वास व्यक्त गरे  । उनले सबैभन्दा बढी सङ्कटमा रहेको दुई कोप्चे जागरण अभियानमा सहयोगका लागि सरोकारवालासँग छलफल र बैठक भइरहेको जानकारी दिए ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending