Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सहरको साख फर्काउन जागरण अभियान

खबरडबली संवाददाता
धनकुटा । धनकुटाको सदरमुकामस्थित धनकुटा नगरपालिका–५ मा रहेको तल्लो कोप्चे र  माथिल्लो कोप्चे बजारले आफ्नो गुमेको साख फर्काउन ‘कोप्चे जागरण अभियान’ सुरु गरेको छ । राणाकालमा धनकुटा गौडा र तत्कालीन पूर्वाञ्चलअन्तर्गत १६ जिल्लाको प्रशासनिक तथा शैक्षिक केन्द्र धनकुटा हुँदा यी दुई बजार जिल्लाका मुख्य व्यापारिक केन्द्रका रुपमा रहेका थिए । 
पछिल्लो समय विसं २०४० मा धरान–धनकुटा कोसी राजमार्ग धनकुटा हुँदै सडक सञ्जालले अन्य जिल्लामा जोडिएपछि यहाँको व्यापारिक केन्द्र स्थानान्तरण  भएपछि यी बजार सुनसान बनेका छन् । अहिले बजारको सबैभन्दा धेरै दुई कोप्चे बजार देखिएकाले यसको साख फर्काउन हालैबाट ‘कोप्चे जागरण अभियान’ सुरु गरिएको वडा नं ५ का वडाध्यक्ष धनकुमार श्रेष्ठले जानकारी दिए । त्यसका लागि बजारका सबै घरमा सुन्तला रङ लगाउने, विभिन्न खाना महोत्सवको आयोजना गर्दै आएको कोप्चे बजारमा बन्दीपुरको शैलीमा घरबास सेवा ९होमस्टे० सञ्चालन गर्न लागिएको राईले जानकारी दिए ।
विसं २०३९ मा धनकुटाबाट हिले हुँदै अन्य जिल्लामा भएको सडक विस्तारले धनकुटा बजार सुनसान हुन थालेको माथिल्लो कोप्चे बजारका ६० वर्षीय रमेश अमात्यले बताए । बजार सुनसान भएपछि तीस वर्षसम्म होटल व्यवसाय चलाएर आएका आमत्य परिवारले २०५२ सालपछि बन्द गरेर बसेको जानकारी दिए ।
क्रमशः अहिले माथिल्लो कोप्चे बजारका प्रायः धेरै घर रित्तो छाडेर स्थानीय विरानगर, काठमाडौँमा बसिरहेकाले बजार सुनसान देखिएको अमात्यले बताए । यस्तै सोही बजार क्षेत्रमा पुख्र्यौली पेसाका रुपमा किराना पसल गर्दै आउनुभएका ४५ वर्षीया सुशील श्रेष्ठले व्यापार ठप्प भएर घरमात्र रुँघेर बसेको जानकारी दिए ।
दश वर्षअघि मासिक रु तीन लाखसम्मको कारोबार हुने गरे पनि हाल पाँच हजारको पनि व्यापार नभएको उहाँले बताउनुभयो । “त्यो बेला करिब करोडको व्यापार हुन्थ्यो”, उनले भने, “अहिले पसल गरेर परिवार धान्न मुस्किल छ ।” श्रेष्ठले चौतर्फी सडक सञ्जाल पुग्नु र यहाँको प्रशासनिक केन्द्र अन्यत्र स्थान्तरण भएपछि बजार सुनसान भएको जानकारी दिए।
व्यापार–व्यवसाय नभएपछि अहिले माथिल्लो कोप्चे र तल्लो कोप्चे बजारका अधिकांश घरका ढिक (काठले बनेको आधा झ्याल आधा ढोकाको रुप) बन्द देख्न पाइन्छ । बन्द रहेका घर व्यापारका लागि अरूलाई पनि नबेच्ने र आफू पनि नबस्ने भएकाले बजार विस्तार हुन नसकेको तल्लो कोप्चे बजारका ५० वर्षीय सञ्जय श्रेष्ठको भनाइ छ ।
तीन पुस्तादेखि खाद्यान्नको व्यापार गर्दै आउनुभएका श्रेष्ठले ३५ वर्षअघि मासिक एक लाख ५० हजारसम्मको कारोबार भए पनि हाल मुस्किलले २५ हजारको पनि व्यापार हुने जानकारी दिए । विसं २०४५ देखि २०५६ सम्म राम्रो व्यापार रहेको यो बजारका अधिकांशले जिल्लाबाहिर किनेर बसोबास गर्ने र यहाँ घरमात्र छाडेकाले बजार सुनसान बनेको श्रेष्ठको भनाइ छ ।
पछिल्लो समय देश सङ्घीयतामा गएपछि धनकुटा सात स्थानीय तहमा विभाजन हुनु र पूर्वको प्रशासनिक केन्द्र (राजधानी) समेत विराटनगर सारिएपछि धनकुटा बजार सुनसान बनेको थियो । त्यसको  असरका कारण यी दुई बजार थप सुनसान बनेर गएको धनकुटा बजारसम्बन्धी जानकार धनकुटा–६ सिरानबजार निवासी ५५ वर्षीया राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ ।
बजार सुनसान बनेपछि विसं २०७५ मा माथिल्लो कोप्चे बजारले पर्यटकलाई आकर्षित गर्न दुवै सहरका सबै घर सुन्तला रङले रङ्गाएर ‘ओरेन्ज सिटी’ अभियान सुरु गरेको थियो । यो निरन्तरतालाई थप प्रभावकारी बनाउन गत वर्षबाट जागरण समिति बनाएर बजारको गुमेको साख फर्काउन विभिन्न कार्यक्रम तय गरिएको अभियान समितिका अध्यक्ष रिजन पोखरेलले जानकारी दिए ।
 
जागरण अभियान्अन्तर्गत वार्षिक रुपमा कोप्चे फुट फेस्टिभलको आयोजना गर्दै आएको समितिले यहाँको मौलिक संरचना र संस्कृति जगेर्ना गर्न लागिएको पोखरेलले जानकारी दिए । “यहाँका पुराना मौलिक घर पनि अरूका लागि आकर्षणको कुरो हुँदो रहेछ”, पोखरेलले भने, “हामीले यसको संरक्षण गरेर घरबास (होम स्टे) चलाउने तयारीमा छौँ ।”
घरबास सेवाका साथमा स्थानीय नेवारी, आठपहरीयालगायत विभिन्न जातजातिको संस्कार÷संस्कृतिसमेत जगेर्ना गरेर अघि बढ्ने उनले जानकारी दिए । धनकुटा बजारका अग्रजले आफ्नो ठाउँलाई मायाँ नगरेका कारण बजार नै सुनसान अवस्थामा पुगेको  नगर प्रमुख चिन्तन तामाङको भनाइ छ ।
“नाम, दाम र इज्जत धनकुटामा कमाउने तर लगानी तराई र काठमाडौँ गर्नेहरुका कारण बजार सुनसान भएको हो”, तामाङले भन्नुभयो । ढिलै भए पनि चेत खुलेका कारण पछिल्लो समय नगरका केही व्यक्तिले बजार क्षेत्रको विकासका लागि गरेको खर्चप्रति उहाँले प्रशंसा गरे ।
जिल्लाबाहिर रहेका नगरबासीले क्रमशः आफ्नो ठाउँमा लगानी गर्ने परिपाटी सुरु भएको देखिएकाले बिस्तारै नगरको व्यापार र चहलपहल बढ्दै जाने तामाङले विश्वास व्यक्त गरे  । उनले सबैभन्दा बढी सङ्कटमा रहेको दुई कोप्चे जागरण अभियानमा सहयोगका लागि सरोकारवालासँग छलफल र बैठक भइरहेको जानकारी दिए ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending