धादिङ । धादिङकाे नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीमा चितुवाले आक्रमण गर्दा चारजना स्थानीयवासी घाइते भएका छन् । जंगलमा डँढेलो लागेपछि गाउँ पसेको चितुवाले आक्रमण गर्दा चारजना ३ाइते भएका हुन् ।
घरबाट विद्यालय जान लागेकी नीलकण्ठ नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया शारदा श्रेष्ठलाई आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
गाउँमा चितुवा आएर मानिस आक्रमण गरेको खबरपछि घाइतेलाई बचाउने क्रममा चितुवाले अन्य गाउँबासीलाई समेत आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लो बेसीका ४५ वर्षीया बिमला कोइराला, ८० वर्षीय नन्द प्रसाद अधिकारी, र ३७ वर्षीय विष्णुपुकार श्रेष्ठ रहेको तल्लो बेसीका कृष्णप्रसाद अधिकारीले बताए ।
चितुवाले आक्रमण गरेपछि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । शारदा र विमलाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
चितुवाले मानिसलाई आक्रमण गर्न थालेपछि गाउँबासीले चितुवा धपाउने क्रममा ढुंगाले लागेर चितुवा समेत मरेको र मरेको चितुवा डिभिजन बन कार्यालयमा लगिएको बताइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: