महोत्तरी । महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो ।
लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो । समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ ।
शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले राससलाई जानकारी दिए ।
शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ । क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन् । शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए । क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन् । यिनीहरूको शल्यक्रिया काठमाडौँका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ ।
शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ । प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र यिनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: