सल्यान । सल्यानमा समुदायमा आधारित बाल तथा नवशिशु रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको समिक्षा गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सोमबार भोटेचौरमा आर्थिक वर्ष २०७९।०८० मा सम्पादित एनएमएनसीआई कार्यक्रमहरुको समिक्षा गरेको हो ।
पाँच वर्ष मुनिका बालबालिकाहरुमा प्रायजसो देखिने रोग तथा अन्य स्वास्थ्य समस्याहरुको उपचार तथा व्यवस्थापन गरी बिरामी दर तथा मृत्युदरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले यो कार्यक्रमलाई उपलब्धीमुलक र प्रभावकारी बनाउन समुदायस्तरमा खटिएका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका महत्वपूर्ण हुने बताइन् । जीवनको पहिलो पाँच वर्षको उमेरलाई मानव विकास क्रममा अति महत्वपूर्ण समय मानिने भएकाले पाँच वर्षसम्मका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीको भनाई छ । नवजात शिशु तथा बालवालिका, जेष्ठ नागरिक एवम् अन्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहँदै विभिन्न स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ ।
पाँच वर्ष मुनीका बालवालिका मध्ये नवजात शिशु अझ बढी जोखिममा हुने भएकोले सुरक्षित तरिकाले सुत्केरी गराउने, नवजात शिशुको अत्यावश्यक स्याहार गर्ने जस्ता पक्षलाई विशेष महत्व दिइएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले बताइन् । उनले समिक्षा कार्यक्रममा प्रस्तुतीकरण गर्दै समुदायस्तरमा प्रदान गरिएको सेवाको अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिइन् । उनका अनुसार छत्रेश्वरी गाउँपालिकामा बाल तथा नवशिशु रोगको एकीकृत व्यवस्थापनका लागि विभिन्न संस्थाले काम गरिरहेका छन् ।
सुरक्षित मातृत्व र नवजात शिशु स्वस्थ्यको क्षेत्रमा जिल्लामा क्रियाशिल संस्था वन हर्टले काम गरिरहेको छ भने परिवार स्वास्थ्य नीति एवम् ऐन निर्माणमा स्वास्थ्यका लागि सक्षम प्रणालीले सहयोग गरिरहेको छ । यस्तै छत्रेश्वरीमा क्रियाशिल संस्था सुस्वा परियोजनाले खानेपानी तथा सरसफाईको क्षेत्रमा, सिएमसी नेपालले मानसिक स्वास्थ्य र सामी परियोजनाले वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको घरपरिवारमा लक्षीत गरेर सम्बन्धीत कार्यहरु गरिरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताइन् ।
समिक्षा कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा कार्यरत डाक्टर राजन अधिकारी सहित विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधीहरुको सहभागिता रहेको थियो । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच बढाउन र एनएमएनसीआई कार्यक्रमलाई थप प्रभावकारी रुपले सञ्चालन गर्ने सन्दर्भमा समिक्षा संगै आगामी कार्ययोजना पनि तय गरिएको स्वास्थ्य शाखाका पब्लीक हेल्थ नर्स विमला डाँगीले जानकारी दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: