Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सल्यानमा बाल तथा नवशिशु रोग व्यवस्थापन कार्यक्रमको समिक्षा

खबरडबली संवाददाता

सल्यान  । सल्यानमा समुदायमा आधारित बाल तथा नवशिशु रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको समिक्षा गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सोमबार भोटेचौरमा आर्थिक वर्ष २०७९।०८० मा सम्पादित एनएमएनसीआई कार्यक्रमहरुको समिक्षा गरेको हो ।

पाँच वर्ष मुनिका बालबालिकाहरुमा प्रायजसो देखिने रोग तथा अन्य स्वास्थ्य समस्याहरुको उपचार तथा व्यवस्थापन गरी बिरामी दर तथा मृत्युदरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले यो कार्यक्रमलाई उपलब्धीमुलक र प्रभावकारी बनाउन समुदायस्तरमा खटिएका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका महत्वपूर्ण हुने बताइन् । जीवनको पहिलो पाँच वर्षको उमेरलाई मानव विकास क्रममा अति महत्वपूर्ण समय मानिने भएकाले पाँच वर्षसम्मका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीको भनाई छ । नवजात शिशु तथा बालवालिका, जेष्ठ नागरिक एवम् अन्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहँदै विभिन्न स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

पाँच वर्ष मुनीका बालवालिका मध्ये नवजात शिशु अझ बढी जोखिममा हुने भएकोले सुरक्षित तरिकाले सुत्केरी गराउने, नवजात शिशुको अत्यावश्यक स्याहार गर्ने जस्ता पक्षलाई विशेष महत्व दिइएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले बताइन् । उनले समिक्षा कार्यक्रममा प्रस्तुतीकरण गर्दै समुदायस्तरमा प्रदान गरिएको सेवाको अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिइन् । उनका अनुसार छत्रेश्वरी गाउँपालिकामा बाल तथा नवशिशु रोगको एकीकृत व्यवस्थापनका लागि विभिन्न संस्थाले काम गरिरहेका छन् ।

सुरक्षित मातृत्व र नवजात शिशु स्वस्थ्यको क्षेत्रमा जिल्लामा क्रियाशिल संस्था वन हर्टले काम गरिरहेको छ भने परिवार स्वास्थ्य नीति एवम् ऐन निर्माणमा स्वास्थ्यका लागि सक्षम प्रणालीले सहयोग गरिरहेको छ । यस्तै छत्रेश्वरीमा क्रियाशिल संस्था सुस्वा परियोजनाले खानेपानी तथा सरसफाईको क्षेत्रमा, सिएमसी नेपालले मानसिक स्वास्थ्य र सामी परियोजनाले वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको घरपरिवारमा लक्षीत गरेर सम्बन्धीत कार्यहरु गरिरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताइन् ।

समिक्षा कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा कार्यरत डाक्टर राजन अधिकारी सहित विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधीहरुको सहभागिता रहेको थियो । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच बढाउन र एनएमएनसीआई कार्यक्रमलाई थप प्रभावकारी रुपले सञ्चालन गर्ने सन्दर्भमा समिक्षा संगै आगामी कार्ययोजना पनि तय गरिएको स्वास्थ्य शाखाका पब्लीक हेल्थ नर्स विमला डाँगीले जानकारी दिइन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending