तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ। पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो।
विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गाउँपालिकाले पीडितहरूलाई तीस हजार रुपैयाँ नगद, ५० केजी चामल, ५ केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १० लिटर, चाउचाउ १ कार्टुन, प्याज २ केजी, आलु ५ केजी, चिनी २ केजी सिरक एक थान, डसना एक थान, तन्ना एक थान र त्रिपाल एक थान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए। आगलागीबाट पीडित फणिन्द्र गौतम र देवी गौतमको परिवारलाई राहत उपलब्ध गराएको उनको भनाइ छ ।
आइतबार पीडितहरूलाई घरमै पुगेर गाउँपालिका अध्यक्ष पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडा नं. १ का अध्यक्ष प्रेमराज फोम्बो, वडा नं. ३ का अध्यक्ष बुद्धि गुरुङ, वडा नं.६ का अध्यक्ष एवम् प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा, प्रमुख प्रशासकीय अधिकृत निराज शर्मा लगायतले राहत वितरण गरेका थिए ।
शनिबार दिउँसो कोयाखोला नजिकको जंगलबाट अचानक सुरु भएको आगोले पुरानागाउँका चार परिवारका तीन घर र दुई वटा गोठ नष्ट गरेको थियो।
आगलागीले गणेश गौतम, बलराम गौतम, देवी गौतम र गोविन्द गौतमका ३ वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए । गणेश गौतम र बलराम गौतमको घरमा बन्धकीमा फणेन्द्र गौतमको चार जनाको परिवार बस्दै आएको थियो।
देवी गौतमको घरमा २ जना बस्दै आएका थिए। गोविन्द गौतमको घरमा भने काठपातमात्रै राखिएका थिए। आगलागीले एक करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: