Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

लालबाबु पण्डीतलाई प्रश्नः नियम थारुलाई मात्रै हो कि सबै लाई लागु हुन्छ ?

\"pasangकाठामडौँ । शेर्पा सामाजिक लोकतान्त्रीक पाटीका अध्यक्ष पासाङ शेर्पाले सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डीतलाई सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा खुला पत्र लेखेका छन् । थारु कल्याणकारिणी संघका अध्यक्ष तथा थरुहट आन्दोलनका संयोजक धनिराम चौधरीलाई कारवाही गरेको बिषयमा उनले पत्र लेख्दै थारु आन्दोलनमै लागेकोले उनलाई कारवाही गरिएको भए अरु पनि पाटीको कर्मचारी संगठनमा लागेका सरकारी कर्मचारीलाई कारवाही हुनुपर्ने आसय व्यक्त गरेका छन् । थरूहट आन्दोलनका संयोजक समेत रहेका धनिराम चौधरी सरकारी इन्जिनियर हुन् । पासाङ् शेर्पाले लेखेको पत्र जस्ताको तस्तैः थारु कल्याणकारिणीको अध्यक्षलाई सामान्य प्रशासन मन्त्री मानाीय लालबाबु पण्डितले कारवाही गरेको समाचार आयो त्यो साँचो हो कि होईन ? यदि हो भने मन्त्री ज्युलाई मेरो खुल्ला पत्र । माननीय मन्त्रीज्यु । हिजो सम्म धनिराम चौधरी ईन्जिनियर थियो अब तपाईले खाँटी थारू नेता बनाई दिनु भयो । अर्को एउटा आन्दोलनकारी नेता जन्माउनु भयो । धन्यवाद । युनियन युनियन भन्दै कार्यालयमा हाजिर गर्दै दिन भरी राजनीतिक भेलामा जाने पार्टीवाला सरकारी कर्मचारीहरुलाइ चहि अब तपाई के गर्नु हुुन्छ ? कि तपाईको यो नियम थारूलाई मात्र लागू हुन्छ ? पार्टीको आन्दोलनमा मुठ्ठी उठाउदै उफ्रिने कर्मचारीको फोटो सहितको फेहरिस्त लिएर आएँ भने तपाईं के गर्नु हुन्छ ? म पनि तपाईसँगै एमालेमा हुदा पार्टीको सँगठन चलाएर बस्ने कैयन कम्रेडहरु थिए त । के तिनीहरुले पार्टीको सँगठन छाडी सके ? कि राष्ट्रशेवक कर्मचारीको जागिर छाडे रु मलाई भनी दिनु न मन्त्री ज्यू । सारा नेपालीले हेरी रहेका हुनेछन तपाईको यो नियम थारूलाई मात्र लागू हुन्छ कि अरु जातीलाई पनि लागू हुन्छ ? हो तपाईले एउटा थारुको छोरालाई जागिरबाट निकाले पछि धेरै धेरैले धन्यवाद भन्ने छन । किन कि तपाईको वरिपरि थारुहरु अहिले छैनन थारुहरु अहिले मन्त्रिको वरिपरी पुग्न सक्ने हैसियतमा छैनन । तपाईंको वरिपारी अहिले जो छ त्यो सबै थारु बिरोधीहरु हुन त्यसकारण तपाईलाई धन्यवादको ओईराो लाग्ने छन । तर जुन दिन तपाईको पनि मन्त्रिपद खुस्किन्छ नि अनि तपाईले थाहा पाउनु हुने छ तपाईलाई धन्याद दिनेहरु को रहेछन भनेर । त्यसपछि हामी फेरि सँगै सँगै सडकमा कराउदै उफ्रौला उत्पडीत जाती समुदाय एक हौ, एक हौ भन्दै कराउला । सरक्षित त तपाईं हाम्रो समुदायको लागि सडक नै सुरक्षित छ है । मलाई थाहा छ, थारुको छोरालाई जागिरबाट निकाल्ने मन्त्रिज्यु पनि एकदिन सडकमै आउनु हुनेछ । त्यो बेला उहालाई ओछ्याउन काम लाग्छ भनेर एउटा खाली कार्टुन बकस जोगाई राखेको छु । उहीँ तपाईको भुपू कार्यकर्ता एवँ अहिले आफ्नै समुदायको नेता । पासाङ सेर्पा पासाङ सेर्पाकाे फेसबुक पेजबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE