Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

काठमाडाैंको प्रदर्शनको तयारी गर्न राप्रपा नेताहरू तराई मधेश दौडमा

खबरडबली संवाददाता

काठमाडाै‌ं  । सरकारसमक्ष राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बॅुदे मागपत्र पेश गरेर आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गते काठमाण्डौं केन्द्रीत जनप्रदर्शन गर्दै छ।

आफ्ना मागहरुबारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरु पाँचदिने तराई मधेस यात्रामा निस्कदै छन्। चैत ५ गतेदेखि ८ गतेसम्म तराई मधेसका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने तराई मधेशस्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरु रहनेछन् ।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्।

राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगञ्जमा आमसभा गर्नेछ भने साँझ उद्याेग वाणिज्य संघको सभाकक्षमा वीरगञ्जका उद्योगी व्यवसायीसँग छलफल र अन्तर्क्रिया गर्नेछ।

चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी चैत ८ गते सिराहाको लहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरियो, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घ...

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending