काठमाडाैं । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष बताउछन् । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्र हिजो शुक्रबारबाट तेश्रो सातामा प्रवेश गरेको हो।
मानव तस्करीको बिरुद्द प्रबल संघर्षको पक्षमा आवाज उठाउएको यो चलचित्रमा निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन छ। यो चलचित्र निर्माण गर्नुको उदेश्य केवल मनोरञ्जनको रूपमा मात्र नभएर समाजमा जागरूकता बढाउनका लागि एक शक्तिशाली औजारको रूपमा प्रस्तुत गरिएको निर्माणपक्ष बताउछ।
निर्देशक चौधरी भन्छन्,- शक्तिशाली दृश्यात्मक भाषाद्वारा, चलचित्रले सम्बन्धित निकाय तथा सर्वसाधारण जनतालाई जागरुक बनाउने तथा आवाज उठाउन प्रेरित गर्ने लक्ष्य लिएर चलचित्र निर्माण गरिएको हो। 'अगस्त्य' चलचित्रको नाम प्राचीन ऋषि, अगस्त्य महर्षिबाट प्रेरणा लिइएको हो। उहॉंले आफ्ना लक्ष्यहरू प्राप्त गर्न पहाड समेत झुकाउनु भएको थियो । हाम्रो चलचित्रको कथामा, हाम्रो मुख्य चरित्र अभिनेता, राष्ट्रिय हीरोहरू सुरक्षा कर्मीलाई प्रतिनिधित्व गर्दै, मानव तस्करीको बिरुद्द प्रबल संघर्ष गर्दछ।,
त्यस्तै, समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाइ उच्च सम्मान गर्दै यो महिलाहरुको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको छ। २०२४ मार्च १८ गते सोमबार सम्पुर्ण महिलाहरूले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५% छुटको व्यवस्था गरिएको हो।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: