भाद्र ११ गते, २०७२ शुक्रवार 28th August, 2015 Fri१३:००:२६ मा प्रकाशित
जेनेभा । दक्षिणी सुडानमा मिडियाका विरुद्धमा हिंसा बढ्दै गएको बताइएको छ । यसका लागि संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ ।
पत्रकार तथा मिडियाका विरुद्धमा बढ्दै गएको हिंसाका लागि संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले चासो व्यक्त गर्नुका साथै यस्ता क्रियाकलापहरु रोक्नका लागि चेतावानी पनि दिएका बताइएको छ ।
विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक डेभिड कायले यस विषयमा चिन्ता र चासो व्यक्त गरेको बताइएको छ ।
उनले पछिल्लो समयमा मारिएका दक्षिणी सुडानका पत्रकार पिटर मोइको हत्याको निन्दा गरेका छन् । साथै उनले यस्तो हत्याका विरुद्धमा राष्ट्रसंघले सधैँ आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
दक्षिण सुडानका विभिन्न पत्रपत्रिकामा कामगर्ने पत्रकार मोइको यही अगष्ट १९ मा हत्या भएको थियो ।
उनलाई आफ्नो काम सकेर घर जाने क्रममा दक्षिण सुडानको जुबामा अज्ञात बन्दुकधारीहरुले गोली हानी हत्या गरेका थिए । त्यसैगरी मे महिनाको सुरुवातमा पनि एकजना रेडियो पत्रकारको हत्या भएको थियो ।
कायले पत्रकारहरुमाथिको धाकधम्की एवम् हत्या कुनैपनि हालतमा स्वीकार्य नहुने भन्दै यस्ता व्यक्तिलाई जुनसुकै अवस्थामा भएपनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
दक्षिण सुडानमा पछिल्लो समयमा जारी रहेको हिंसासँगै पत्रकारहरुमाथि पनि आक्रमण बढेको छ । अज्ञात व्यक्तिहरुबाट भएका यी आक्रमणबाट कयौँ पत्रकार मारिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: