Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

के तपाँईकाे शीघ्र स्खलन हुन्छ ?

शीघ्र स्खलन रोक्नका लागि के गर्ने ?

खबरडबली संवाददाता

काठमाडाैं । कतिपय पुरूषहरू लामो समयसम्म यौनसम्पर्क गर्न सक्दिनँ भनेर चिन्तित भएका हुन्छन्  ।  अधिकांशले तीनदेखि चार मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ भनिरहेका हुन्छन् ।

यौनसाथीहरूलाई पूर्ण सन्तुष्टि दिन नसकेका कारण र पहिलोपल्ट यौनसम्पर्क गर्दा एक मिनेटमै सकिने समस्याले ग्रसित भएका हुन्छन् । पुरूषहरू दोस्रो तथा तेस्रो पटक याैन सम्पमर्क गर्दा पनि तीनदेखि चार मिनेटभन्दा अगाडि जानै नसक्ने बताइ रहेका हुन्छन् ।

यो समस्या  हार्मोन वा अन्य केही कारणले भएको हो ? यसको समाधान पाउन सकिएला ? 

यौनसम्पर्कको अवधि

पुरुषले योनिमा लिंग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समय ( Intravaginal Ejaculation Latency Time) व्यक्ति–व्यक्तिअनुसार फरक पर्छ र एक व्यक्तिको पनि फरक समयमा फरक हुन सक्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । सामान्यतया उमेर बढ्दै जाँदा यो केही घट्ने देखिएको छ । त्यसैगरी किन्सेले गरेको अध्ययनमा योनिमा लिंग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा देखिएको थियो । कम्तीमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव ०१ मिनेटमा वीर्य स्खलन भएको थियो । 

शीघ्र वीर्य स्खलन

प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई योनिमा लिंग छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भएमा त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कबाट प्राप्त गर्ने सुख नपाइने कुरा सत्य नै हो ।

यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता (उभचायचmबलअभ बलहष्भतथ) ले समस्या झनै बढाउँछ । आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन, त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक रूपमा चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या झनै बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय पनि छन् ।

वीर्य स्खलनको समय कसरी बढाउने ?

वीर्य स्खलन हुनासाथ यौनसम्पर्क टुङ्गिने स्थिति आउने भएकाले निम्न उपायले त्यसलाई लम्ब्याउन सकिन्छ :

  • यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडा नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । 
  •     पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भई यौनसम्पर्क गरे पनि शीघ्रस् खलनलाई कम गर्न मद्दत पुग्छ । 
  • यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा शुरु गर्ने ।
  • कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ । 
  •  पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सकेमा पनि फाइदा पुग्छ । 
  • अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन्, जसले शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । अभ्यस्त हुन निकै लामो समय लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणको अभ्यास पनि अर्को राम्रो उपाय हो ।

यौनसाथीलाई सन्तुष्टि दिने कुरा

तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अंग ‘भगांकुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्त्वपूर्ण अंग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सक्छन् । स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भएमा यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । 

धेरै यौनसाथीका कुरा

धेरै यौनसाथी हुँदाको रोमाञ्चकता र रमाइलो आफ्नै ठाउँमा होला । तपाईंलाई पक्कै थाहा होला कि जति धेरै यौनसाथी हुन्छन् त्यति नै यौनरोग तथा एचआईभीको जोखिम पनि बढ्ने खतरा हुन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending