काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । विगत २४ घण्टामा काठमाडौं, झापा, ताप्लेजुङ, सिरहा,मोरङ, सन्धिुपाल्चोक, दाङ, रूपन्देही लगायतका स्थानमा आगलागी भएको हो ।
काठमाडौंको काठमाडौं महानगरपालिका–८ गुहेश्वरी फाँटस्थित भारत घर भएका ५० वर्षीय
पंकज शर्माको फर्निचर कारखानामा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचरहरू तथा ४ थान मोटरसाइकल समेत जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।प्रहरीले जनाएको छ ।
यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा बस्ने ६२ वर्षीय शशिधर नेपालको
घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३५ लाख
रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सितापुर बस्ने हासिफ मियाको घरमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका१ मान डाँडा सामुदायिक जंगलमा गएराति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भिम बहादुर बिकको कच्ची घर, सल बहादुर लिम्बुको गोठ र ईन्द्र माया लिम्बुको गोठमा समेत आगलागी हुँदा करिब २ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका(२ तपाहालाईन बस्ने ६२ वर्षीया राधा पौडेलको कच्ची घरमा शुक्रबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–२ डोरिया बस्ने लतिब मियाँको घरमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने फहिम मियाँ र अतवारी मियाँ समेत घरमा आगलागी हुँदा तीनै जनाको ३ वटा घर पूर्णरूपमा जलेर करिब १३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका–५ कसेनी बस्ने महेन्द्र यादवको घर नजिकै परालको कुन्युमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर महेन्द्रको घर र सँगै रहेको छोटु उराउको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ पौवाथोकस्थित लिला गिरीको कुखुराको फर्ममा करेन्ट सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङको गढवा गाउँपालिका–२ बागमरुवा टोल बस्ने अर्जुन योगीको घरको आँगनमा पार्किङ गरी राखेको श्री ज्ञान ज्योति ई।बोर्डिङ स्कुल गढवा दाङको लु.१ क ५३३५ नम्बरको बसमा शुक्रबार राति आगलागी हुँदा बस पूर्णरूपमा तथा अर्जुन योगीको कच्ची भान्सा घर समेत आंशिक रूपमा जलेर करिब ५८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सबै सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: