काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । विगत २४ घण्टामा काठमाडौं, झापा, ताप्लेजुङ, सिरहा,मोरङ, सन्धिुपाल्चोक, दाङ, रूपन्देही लगायतका स्थानमा आगलागी भएको हो ।
काठमाडौंको काठमाडौं महानगरपालिका–८ गुहेश्वरी फाँटस्थित भारत घर भएका ५० वर्षीय
पंकज शर्माको फर्निचर कारखानामा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचरहरू तथा ४ थान मोटरसाइकल समेत जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।प्रहरीले जनाएको छ ।
यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा बस्ने ६२ वर्षीय शशिधर नेपालको
घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३५ लाख
रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सितापुर बस्ने हासिफ मियाको घरमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका१ मान डाँडा सामुदायिक जंगलमा गएराति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भिम बहादुर बिकको कच्ची घर, सल बहादुर लिम्बुको गोठ र ईन्द्र माया लिम्बुको गोठमा समेत आगलागी हुँदा करिब २ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका(२ तपाहालाईन बस्ने ६२ वर्षीया राधा पौडेलको कच्ची घरमा शुक्रबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–२ डोरिया बस्ने लतिब मियाँको घरमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने फहिम मियाँ र अतवारी मियाँ समेत घरमा आगलागी हुँदा तीनै जनाको ३ वटा घर पूर्णरूपमा जलेर करिब १३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका–५ कसेनी बस्ने महेन्द्र यादवको घर नजिकै परालको कुन्युमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर महेन्द्रको घर र सँगै रहेको छोटु उराउको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ पौवाथोकस्थित लिला गिरीको कुखुराको फर्ममा करेन्ट सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङको गढवा गाउँपालिका–२ बागमरुवा टोल बस्ने अर्जुन योगीको घरको आँगनमा पार्किङ गरी राखेको श्री ज्ञान ज्योति ई।बोर्डिङ स्कुल गढवा दाङको लु.१ क ५३३५ नम्बरको बसमा शुक्रबार राति आगलागी हुँदा बस पूर्णरूपमा तथा अर्जुन योगीको कच्ची भान्सा घर समेत आंशिक रूपमा जलेर करिब ५८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सबै सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: