Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

त्यस बखतका शाह, राणा र यस बखतका कम्युनिष्ट शासकहरु

खबरडबली संवाददाता

श्री ५ महाराज धिराज सरकारको पदवीबाट सम्मानित शाह राजाहरू आफूलाई विष्णुकै अवतार ठान्दथे । प्रधानमन्त्रीको पदमा रहे पनि श्री ३ महारज बने/बनाइएका राणाहरू आफूलाई स्वर्गका राजा महा शक्तिशाली इन्द्रभन्दा कम ठान्दैनथे । राज्यसंचालक टिममा रहेका अरू सबैले पनि आफूहरूलाई देवगणकै तहमा गणना गर्दथे । 

यिनले देशलाई आफ्नो निजी सम्पत्ति र देशवासी जनतालाई आफ्ना सेवकहरू (प्रजा वा रैती) ठान्दथे । त्यस बखतका जनताहरू पनि यस मान्यताप्रति सहमत थिए र महाराजा, राजा र अन्य भारदारहरू देव तथा देवदूत नै भएको विश्वाससहित आफूहरू उनीहरूको सेवक नै भएको, उनीहरूको सेवा गर्नु परम धर्म र कर्तव्य ठान्दथे र यसै मान्यतालाई शिरोधार्य गरेका थिए । 

राजकाजको भागबन्डा वा अख्तियारी नमिल्दा यिनीहरू झगडा र मारामार गर्दथे । यसैको उच्च उदाहरण थियो, कोतपर्व र भण्डार खाल पर्व । यिनीहरू जनहितलाई हैन, आफ्ना स्वार्थहरूलाई केन्द्रमा राखेर राजकाज चलाउँथे । 

त्यस बखत त्यस्ता मान्यता, व्यवहार र प्रवृत्ति सर्वमान्य थियो । शासकहरूले ढाँटेका थिएनन् । ‘हाम्रो सेवा नै प्रजाको कर्तव्य हो’ भनी उनीहरू खुल्लमखुल्ला घोषणा गर्दथे । त्यस बखतका ‘प्रजाहरू’ ले यस्तो ‘राजाज्ञा’ लाई सर्वस्वीकार्य ठानेका थिए ।

यस बखतका कम्युनिस्ट शासकहरू
यस बखतका कथित कम्युनिस्ट शासकहरूले आफूहरूलाई लोकतान्त्रिक मात्र हैन, समाजवादी र अझै साम्यवादी (कम्युनिस्ट) नै हौँ भन्दै आएका छन् । “जनताको समृद्धि र देशको विकासमा नै आफूहरू समर्पित रहेको, जनहितलाई केन्द्रमा राखेर मात्र शासन चलाउन प्रतिबद्ध रहेको” आदर्श बखान गर्न पनि छाड्दैनन् । तर, यिनले व्यवहारमा आफ्ना कुतसित सत्ता स्वार्थलाई नै केन्द्रमा राखेर गतिविधिहरू सञ्चालन गर्दै आएको स्पष्टै बुझ्न सकिन्छ । 

तात्त्विक हिसाबले हेर्दा यिनीहरू विगतका शाह र राणाहरूभन्दा फरक देखिँदैनन् । षडयन्त्र, धोखा धडी, चालबाजी, तिकडमबाजी, ढाँट छल आदिमा त यिनले शाह र राणाहरूलाई समेत उछिनेको अनुभव गर्न नसकिने हैन ।

जति बेला यिनीहरू तत्कालीन राज्यसत्ताको विरुद्धमा सङ्घर्षरत थिए, त्यस बखत यिनले समाजमा विद्यमान, शोषण, उत्पीडन, जातीय र लैङ्गिक विभेद, अन्याय अत्याचार, अन्धविश्वासजन्य कुरीति, कुप्रथा आदिको अन्त्यलाई आफ्ना मूल उद्देश्य बनाएका थिए । यिनै उद्देश्यहरू प्राप्तितर्फ लक्षित भएर सङ्घर्ष गर्ने क्रममा यिनका हजारौँ सहकर्मीहरू मारिन पुगेका थिए । ती सहिद र तिनका परिवारजनको रगत र आँसुमा पौडेर जब यी राज्यसत्ताको सिंहासनमा चढ्न पुगे तब यिनले ती प्रतिबद्धताहरूलाई लात मारे ।

श्रमजीवी वर्गका लाखौँ युवा युवतिहरू विदेश (मूलतः खाडीका मुलुकहरू, भारत, मलेसिया आदि) मा नवदासत्वजन्य श्रम गर्न विरस छन्; नवसामन्त साहुहरू र विभिन्न वित्तीय निकायहरूले लाखौँ विपन्न र सोझा सीधा जनतालाई ऋणको पासोमा फसाएर चरम लूट र अत्याचार गरिरहेका छन्; एकातिर भूमिसँग सरोकार नभएका मुट्ठीभर नवधनाड्यहरुले उर्वर भूमिको ठुलो क्षेत्रफल आफ्नो स्वामित्वमा ओटेका छन्, अर्कोतिर एक टुक्रा भूमि पनि आफ्नो स्वामित्वमा नभएका भूमिहीन र आफ्नो स्वामित्वको भूमिबाट २/३ महिना पनि खान नपुग्ने गरिब किसानहरू चम गरिबिको पीडा भोग्न विरस छन्, भ्रष्टाचार, दुराचार, हत्या हिंसा, बलात्कारलगायतका विभिन्न सामाजिक अपराधहरू बढिरहेका छन्; कथित धार्मिक अन्धविश्वास र विभिन्न कुरीति, बेथिति तथा विकृतिहरूले विगतलाई समेत उछिनेका छन्;  उद्योग–व्यवसायहरू घट्दै गएका छन् बरु परनिर्भता पराधीनता बढ्दै गएका छन् आदि । 

यस बखत शासक बनेका कथित ‘कम्युनिस्ट’ हरु मुखले आदर्श बकाई बक्ने गरे पनि यस्ता अत्यन्त पीडादायी र गम्भीर दुर्दशाहरू पनि चासो राख्दैनन्, यी त जसरी हुन्छ आफ्ना कुतसित सत्ता स्वार्थका निम्ति नयाँ खाले ‘कोत पर्व’ र ‘भण्डार खाल पर्व’ मच्चाउनमा नै तल्लीन रहेका हुन्छन् ।

फरक यति नै हो कि हिजोका शाह र राणाहरू नडाँटीकन सत्ता स्वार्थमा लिप्त रहन्थे । आजका कथित कम्युनिस्टहरू जनतालाई ढाँटेर सत्ता स्वार्थमा लिप्त भइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...

सात वर्ष लगाएर बनेको देवघाटको शवदाह गृह आफैं ‘बेवारिसे’

चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...

भारतमा चार वर्षपछि इन्धन महँगियो, नेपालमा भने ‘बानी परिसक्यो’

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...

अनुभवी खेलाडीसहित बेल्जियमको विश्वकप टोली घोषणा, लुकाकुमाथि सबैको नजर

काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्।  बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...

मैले सदन चलाउन सकिनँ भन्ने हल्ला गलत होः उपसभामुख ठाकुर

काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...

इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...

६९ जना कन्सल्टेन्सी सञ्चालक प्रहरीको नियन्त्रणमा

ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह

गौतम अडानीमाथि अमेरिकाले किन लगायो १ करोड ८० लाख अमेरिकी डलरको जरिवाना ?

काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending