Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

त्यस बखतका शाह, राणा र यस बखतका कम्युनिष्ट शासकहरु

खबरडबली संवाददाता

श्री ५ महाराज धिराज सरकारको पदवीबाट सम्मानित शाह राजाहरू आफूलाई विष्णुकै अवतार ठान्दथे । प्रधानमन्त्रीको पदमा रहे पनि श्री ३ महारज बने/बनाइएका राणाहरू आफूलाई स्वर्गका राजा महा शक्तिशाली इन्द्रभन्दा कम ठान्दैनथे । राज्यसंचालक टिममा रहेका अरू सबैले पनि आफूहरूलाई देवगणकै तहमा गणना गर्दथे । 

यिनले देशलाई आफ्नो निजी सम्पत्ति र देशवासी जनतालाई आफ्ना सेवकहरू (प्रजा वा रैती) ठान्दथे । त्यस बखतका जनताहरू पनि यस मान्यताप्रति सहमत थिए र महाराजा, राजा र अन्य भारदारहरू देव तथा देवदूत नै भएको विश्वाससहित आफूहरू उनीहरूको सेवक नै भएको, उनीहरूको सेवा गर्नु परम धर्म र कर्तव्य ठान्दथे र यसै मान्यतालाई शिरोधार्य गरेका थिए । 

राजकाजको भागबन्डा वा अख्तियारी नमिल्दा यिनीहरू झगडा र मारामार गर्दथे । यसैको उच्च उदाहरण थियो, कोतपर्व र भण्डार खाल पर्व । यिनीहरू जनहितलाई हैन, आफ्ना स्वार्थहरूलाई केन्द्रमा राखेर राजकाज चलाउँथे । 

त्यस बखत त्यस्ता मान्यता, व्यवहार र प्रवृत्ति सर्वमान्य थियो । शासकहरूले ढाँटेका थिएनन् । ‘हाम्रो सेवा नै प्रजाको कर्तव्य हो’ भनी उनीहरू खुल्लमखुल्ला घोषणा गर्दथे । त्यस बखतका ‘प्रजाहरू’ ले यस्तो ‘राजाज्ञा’ लाई सर्वस्वीकार्य ठानेका थिए ।

यस बखतका कम्युनिस्ट शासकहरू
यस बखतका कथित कम्युनिस्ट शासकहरूले आफूहरूलाई लोकतान्त्रिक मात्र हैन, समाजवादी र अझै साम्यवादी (कम्युनिस्ट) नै हौँ भन्दै आएका छन् । “जनताको समृद्धि र देशको विकासमा नै आफूहरू समर्पित रहेको, जनहितलाई केन्द्रमा राखेर मात्र शासन चलाउन प्रतिबद्ध रहेको” आदर्श बखान गर्न पनि छाड्दैनन् । तर, यिनले व्यवहारमा आफ्ना कुतसित सत्ता स्वार्थलाई नै केन्द्रमा राखेर गतिविधिहरू सञ्चालन गर्दै आएको स्पष्टै बुझ्न सकिन्छ । 

तात्त्विक हिसाबले हेर्दा यिनीहरू विगतका शाह र राणाहरूभन्दा फरक देखिँदैनन् । षडयन्त्र, धोखा धडी, चालबाजी, तिकडमबाजी, ढाँट छल आदिमा त यिनले शाह र राणाहरूलाई समेत उछिनेको अनुभव गर्न नसकिने हैन ।

जति बेला यिनीहरू तत्कालीन राज्यसत्ताको विरुद्धमा सङ्घर्षरत थिए, त्यस बखत यिनले समाजमा विद्यमान, शोषण, उत्पीडन, जातीय र लैङ्गिक विभेद, अन्याय अत्याचार, अन्धविश्वासजन्य कुरीति, कुप्रथा आदिको अन्त्यलाई आफ्ना मूल उद्देश्य बनाएका थिए । यिनै उद्देश्यहरू प्राप्तितर्फ लक्षित भएर सङ्घर्ष गर्ने क्रममा यिनका हजारौँ सहकर्मीहरू मारिन पुगेका थिए । ती सहिद र तिनका परिवारजनको रगत र आँसुमा पौडेर जब यी राज्यसत्ताको सिंहासनमा चढ्न पुगे तब यिनले ती प्रतिबद्धताहरूलाई लात मारे ।

श्रमजीवी वर्गका लाखौँ युवा युवतिहरू विदेश (मूलतः खाडीका मुलुकहरू, भारत, मलेसिया आदि) मा नवदासत्वजन्य श्रम गर्न विरस छन्; नवसामन्त साहुहरू र विभिन्न वित्तीय निकायहरूले लाखौँ विपन्न र सोझा सीधा जनतालाई ऋणको पासोमा फसाएर चरम लूट र अत्याचार गरिरहेका छन्; एकातिर भूमिसँग सरोकार नभएका मुट्ठीभर नवधनाड्यहरुले उर्वर भूमिको ठुलो क्षेत्रफल आफ्नो स्वामित्वमा ओटेका छन्, अर्कोतिर एक टुक्रा भूमि पनि आफ्नो स्वामित्वमा नभएका भूमिहीन र आफ्नो स्वामित्वको भूमिबाट २/३ महिना पनि खान नपुग्ने गरिब किसानहरू चम गरिबिको पीडा भोग्न विरस छन्, भ्रष्टाचार, दुराचार, हत्या हिंसा, बलात्कारलगायतका विभिन्न सामाजिक अपराधहरू बढिरहेका छन्; कथित धार्मिक अन्धविश्वास र विभिन्न कुरीति, बेथिति तथा विकृतिहरूले विगतलाई समेत उछिनेका छन्;  उद्योग–व्यवसायहरू घट्दै गएका छन् बरु परनिर्भता पराधीनता बढ्दै गएका छन् आदि । 

यस बखत शासक बनेका कथित ‘कम्युनिस्ट’ हरु मुखले आदर्श बकाई बक्ने गरे पनि यस्ता अत्यन्त पीडादायी र गम्भीर दुर्दशाहरू पनि चासो राख्दैनन्, यी त जसरी हुन्छ आफ्ना कुतसित सत्ता स्वार्थका निम्ति नयाँ खाले ‘कोत पर्व’ र ‘भण्डार खाल पर्व’ मच्चाउनमा नै तल्लीन रहेका हुन्छन् ।

फरक यति नै हो कि हिजोका शाह र राणाहरू नडाँटीकन सत्ता स्वार्थमा लिप्त रहन्थे । आजका कथित कम्युनिस्टहरू जनतालाई ढाँटेर सत्ता स्वार्थमा लिप्त भइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

श्रीमतीलाई चक्कुप्रहार गर्ने श्रीमान पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत 'सम्झ त्यो दिन'

काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies