Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या

खबरडबली संवाददाता

कैलाली । कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो ।

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए । बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ प्रारम्भमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए । 

निमित्त प्रमुख खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ । भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ । मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिङ्गर र फ्राई माछाका भुरा उत्पादन गर्दै आएको छ । झण्डै पाँच दशक वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीको मर्मत गर्न सकिएको छैन ।  भुरा राख्न नयाँ पोखरी निर्माण गर्नुपर्ने निमित्त प्रमुख खातीले बताए । बजेट अभावले जीर्ण संरचना मर्मत गर्न नसकिएको उनको भनाइ छ  । 

मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी भुरा उत्पादन गरिएकामा चालु आव २०८०÷८१ मा चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य छ । तीस कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने निमित्त प्रमुख खातीले बताए । क्षेत्र विस्तार भएपछि आठ करोड भुरासम्म उत्पादन गर्न सकिने र सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति गर्न सकिने उनले बताए । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको काम बजेट अभावमा पूरा हुन सकेको छैन् । सो ह्याचरीको काम पूरा गर्न सकियो भने एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो ।  

मत्स्य विकास केन्द्रले एक लाख भुरा रुदुई हजार पाँच सयमा बिक्री गर्दै आएको छ । केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दियालगायत जिल्लामा बिक्री गरिँँदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेट...

रोशीका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ ।  उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् ...

एक हप्ताभित्रै संसद अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर अवरोध जारी राखेपछि अन्त्य गरिएको संसद अधिवेशन बोलाउने तयारी गरेको छ । बजेट अधिवेशन भनेर चिनिने...

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर। चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बिहीबार दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हा...

सत्तारूढ दलमा असन्तुष्टि बढ्दा गठबन्धन खुकुलाे बन्दै

काठमाडौं। सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको छ। सत्तारूढ दलमै रहेका नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका छन्। गठबन्धन फेरि कतिखेर टुट्ने र नयाँ ...

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२: १५ बजेदेखि शुरु हुने छ ।  सिरिजमा अहिले...

तीन प्रदेशका पहाडी क्षेत्रमा हुरीबतासको सम्भावना

काठमाडौं।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने...

जसलाई जसलाइ श्रमिक दिवसले छोएन

बिदा र दिवसले खान लाउन दिँदैन, पेट पाल्न काम नै गर्न पर्याे

विकराल बन्दै वन डढेलोको अवस्था, देशभर १६५ ठाउँमा डढेलो

काठमाडौं  ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । गर्मी बढेसँगै पछिल्लो समय हावाहुरीका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गईरहेको ह...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies