Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री प्रचण्डलाई सिके राउतले दिए ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा

विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्यत्र गठबन्धन गरिहाल्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

बिहीबार संसदमा बोल्दै राउतले गठबन्धन फेरबदललाई ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा समेत दिएका छन्।

उनले जनमत प्रतिपक्षमा रहने बताए।हामी प्रतिपक्षीमा रहौंला, तर हाम्रो भूमिका रचनात्मक नै रहनेछ। विश्वस्त हुनुहोस् भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने।

रातारात के भएछ जसले गठबन्धन नै फेर्नुपर्ने, घटक दललाई नै फेर्नुपर्ने अवस्था आयो ? मैले त गहिराइमै होला भन्ने ठानेको थिएँ। एक दुई वटा कुर्सी नमिलेर, राष्ट्रिय सभाका भोट नआएर जस्ता प्रधानमन्त्रीको कुरा सुन्दा अत्यन्त हल्का लाग्यो। झन् धेरै क्रेडिट दिउँला सोचेको थिएँ।‘यो भ्यागुते प्रवृत्ति हो, भ्यागुतालाई समातेर जोख्न सजिलो होला। अहिलेको प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला१ कतिखेर विदेशीले कता धाप मार्दिन्छ, प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नुहुन्छ। थाहै हुँदैन,’ उनले भने, ‘यो उफ्राइले काठमाडौंमा मात्रै परकम्प गएको छैन। यहाँ मात्रै गए त केही थिएन। सात वटै प्रदेशका सरकारहरू गल्र्यामगुर्लम ढल्छन्। अनि जनताले यातना भोग्नुपर्ने, देशले यातना, घाटा व्यहोर्नुपर्ने, उहाँले भन्नु पनि हुन्छ– म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो धर्तीमा उथलपुथल भइरहन्छ। मानौं, उहाँ शेष नाग हो र धर्ती उहाँको शरीरमाथि अडिएको छ। हरेक शेष नागका लागि कृष्णको अवतार पनि हुन्छ। उहाँले हेक्का राख्नुपर्छ।’

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending