Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

‘सतीदेवी’ हेरेर रुदै निस्किए दर्शक

खबरडबली संवाददाता

काठमाडाैं  । मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनीक प्रदर्शन अगावै देश–बिदेशमा चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ लाई सबैले साथ दिनुपर्ने धारणा राखे । 
‘हाम्रो मध्यनेपाल नगरपालीकाका बिभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला,संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट बिश्वसामु पुर्याउनु निकै सह्रानीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ,सहयोग र प्रेरणा दिनुपर्छ,’ मेयर पाण्डेले भने,‘स्थानीयता, नेपालीपना,वास्तवीकमा मौलिक बिषयबस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धीत निकायले भरपुर सहयोग गर्नुपर्छ । यस चलचित्रलाई मध्यनेपाल नगरपालिका र मेरो ब्यक्तिगत तबरले समेत यथासक्य धेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’ उनले ‘सतीदेवी’ ले उठाएको नारीपक्षको मुद्दा निकै गहन र मननीय रहेको बताउदै आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया ब्यक्त गरे ।
कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज,लाफा गाउँ होमस्टे,कलाकार इभन श्रेष्ठ,क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालीकाका वडा नं ५ लगायत बिभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यबाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए । 
बिशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,वडा नं ३ का अध्यक्ष केशब न्यौपाने,वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे,श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । 
चलचित्र हेरेपछि सतप्रतिशत दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक,वास्तवीक स्थिति छर्लङ्ग पार्ने बिषयका चलचित्र अझै धेरै बन्नुपर्ने धारणा राखे । खैरिनीटारका स्थानीय मिनबहादुरले ‘सतीदेवी’ अहिलेसम्म निर्माण भएका नेपाली चलचित्र मध्य सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए भने दमौलीका एक दर्शकले छोरा छोरीबीच हुने गरेको बिभेदको अन्त्य गर्न यो चलचित्रले ठूलो भूमिका खेल्ने दावी गर्दै यो चलचित्र सारा बिश्वले हेर्नुपर्ने धारणा राखे । एक युवती दर्शकले ‘सतीदेवी’ हेर्दा आफू २०–२२ ठाउँमा भक्कानीएर रोएको बताउदै अबका दिनमा म छोरी मान्छे हुँ भनेर कम्जोर मानसिकता नराख्ने र आफ्नो परिवारका लागि जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरिन् । बच्चादेखि बृद्धसम्म उपस्थित भएको शोमा चलचित्र हेरेका अधिकांश दर्शक आँशु पुछ्दै हलबाट बाहिरिएका थिए । कतिपयले चलचित्रमा आफ्नो परिवारकै कथा ठ्याक्कै मिलेको बताउँदै यत्तिको यथार्थपरक चलचित्र पहिला कहिल्यै हेर्न नपाएको प्रतिक्रिया दिएका थिए ।
गत माघ तेश्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट चलचित्र र शिब रेग्मी सर्वाेत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिन अघि सूचना तथा संचारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन् । निर्देशक सुवेदी संचार मन्त्रालय पुगी मन्त्री शर्मालाई आफ्नो चलचित्रबारे बिस्तृत जानकारी प्रस्तुत गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ लाई सरकारी तवरबाट समेत सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन् । 
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय निकै चर्चामा छ । दिलासा,सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रमा मलिका महत,हर्षिका वली,मञ्जिला बानियाँ,कुलबहादुर अधिकारी,रमेश बुढाथोकी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,सुजीता शिवाकोटी,भोला सापकोटा,मनिषा सापकोटा,सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्वदेश प्रदर्शन मिति केही समयमै तोकिने जानकारी निर्देशक सुवेदीले दिएका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending