Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

१० वर्ष शिक्षण पेसा छोडेर बाख्रापालन व्यवसायमा रमाउँदा...

खबरडबली संवाददाता

इलाम, इलाम माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आएको छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेको हो ।

उहाँले माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको छ । काठमाडौँमा शिक्षण पेसा गर्दै आउनुभएको उहाँले २०७३ सालमा शिक्षण छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गर्नुभएको हो । उहाँको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित हुनुहुन्छ ।

देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताए । “दश वर्षसम्म काठमाडौँका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दु:ख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु”, उनले भने, “वार्षिक रु आठदेखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।”

उनले सहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए । उनले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने बताए।

उहाँले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले सुनाए। उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको दाबी गरे।

“बीउ उत्पादन गर्ने सोचका साथ सुरुमा अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ”, उनले भने, “बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।”

उहाँको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए । “फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु” उनले भने, “आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।”

उहाँले बाख्रापालनमा सहजताका लागि उन्नत जातको घाँसखेती लगाएको छन् । चालीस रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको उनले बताए । उनले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छन् ।

उनले सरकारबाट समेत सहयोग राम्रै पाएको छन् । उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत रु सात लाख अनुदान पाएको बताए। सो अनुदानबाट आधुनिक खोर निर्माण गरेको छन् । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग बनेको छ ।

पैसा कमाउन विदैश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले काठमाडाँैको शिक्षण पेसा छाडेर गाउँमै फर्केर बाख्रापान सुरु गरेको कार्की बताउछन्। “बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ”, कार्की भन्न्छन्, “निरन्तरता दिएर नवीनतम् ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।” 

बाख्रापालनका अलावा उनले व्यावसायिक कफीखेतीसमेत गर्दै आएको छन् । साठी रोपनी जग्गामा अराविका नामक छ हजार कफीको बिरुवा लगाएको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सपना प्रधान मल्लको आदेशपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक

काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। नेपाल बार एसो...

न्यायाधीशहरूले राजनीति गर्ने भए ‘कोट खोलेर आउन रास्वपा सांसद बास्कोटाको चुनौती

काठमाडौं। रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न खोजिएको भए न्यायिक पोशाक (कोट) खोलेर आउन चुनौती दिएकी छिन्। ...

सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस्: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र जलेका भवनहरूको पुनर्निर्माण आफूलाई जिम्मा दिन माग...

संसद् बैठक नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ। सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि ध...

प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ हटाइएपछि संसद्मा प्रश्न

काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस...

सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउन नेकपा प्रमुख सचेतक दुलालको माग

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन...

पहिरो आउँदा मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१०...

मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको स्रोत स्पष्ट पार्न त्यससँग सम्बन्धित बिल सार्वजनिक गर्न माग गरिएको छ। सोमबारको ...

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार ९मे १४०को बिहान ...

विश्वकप लिग–२ : सन्दीपले तोडे स्टार्कको कीर्तिमान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending