Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

जंगली जनावरको त्रासमा निकुञ्ज वरिपरिवासी

खबरडबली संवाददाता

वीरगञ्ज । पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो ।  शरीरका विभिन्न भागमा चोट लागेका उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

गत २०८० पुस ८ गते साँझ बाघले आक्रमण गरी पटेर्वा सुगौली –२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको ज्यान लियो । साँझको समयमा शौच गर्न गएका उनको शव क्षतविक्षत अवस्थामा बिहान फेलापरेको थियो । नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भागमात्र फेलापरेको थियो ।

सोमबार साँझमात्र पर्साको जिराभवानी गाउँपालिकाको वडा नं ४ मा बाघले पूर्व वडाध्यक्ष सुभाष राउतसहितका स्थानीयका बाख्रालाई बाघले आक्रमण गरेको छ । सोही गाउँपालिकाको वडा नं ५ हरैया पहाडीटोलस्थित राउतले पालेको चौपायालाई खोरभित्रै पसेर बाघले आक्रमण गरी मारेको हो । बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई भने घिसारेर लगेको प्रहरी चौकी शङ्करसरैयाले जनाएको छ ।

यस्तै गत फागुन १६ गते पर्साको पर्सागढी नगरपालिका–७ निवासी ललन यादवको गोठमा राखेका सातवटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी –१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेको चार बाख्रा खाएको थियो । गत कात्तिक ८ गते जङ्गली हात्तीले आक्रमण गर्दा पर्साको पर्सागढी –१ निवासी एकवाल हजराको मृत्यु भएको थियो । सोही राति ती हात्तीले सो गाउँका एक दर्जन स्थानीयको घर भत्काएर अन्नबाली खाएको थियो ।

विगत दुई महिनाको अवधिमा पर्साको पटेर्वा सुगौली, पर्सागढी नगरपालिका र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र बाख्रा, गाई र भैँसी गरी तीन दर्जनभन्दा बढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए। 

पर्साका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायतका जंगली जनावरको आक्रमणबाट बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । जंगली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनजंगलबाट आउने बाघ, हात्तीलगायतका जङ्गली जनावरले मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्याउनुको साथै गहुँबाली तथा तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनालीको सुरक्षाका लागि राति जाग्राम बस्न बाध्य भएका छन् ।

पर्साको जिराभवानी, ठोरी, पटेर्वा सुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एक दर्जन गाउँका किसान जंगली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायतका जंगली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताए।

राष्ट्रिय वनमा घेरबार नहुँदा दैनिकजसो जङ्गलबाट आउने जङ्गली जनावरले बालिनाली नष्ट पार्ने गरेको श्रेष्ठले बताए । खासगरी रातिको समयमा आउने जङ्गली जनावरले गहुँबालीमा व्यापक क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर रातिको समयमा निगरानी गरिरहेको जिराभवानी गाउँपालिकाका किसान शङ्कर महतोको भनाइ छ । 

रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जङ्गली जनावरलाई भगाउन टिन ठटाउने र होहल्ला गर्ने गरेको महतोले बताए। स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको जीवजन्तुले बर्सेनि उत्पात मच्चाँदै व्यापक धनजनको क्षति पुर्याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न नयाँ सरकारसँग स्थानीयले आग्रहसमेत गरेका छन् ।

जङ्गली जीवजन्तुको उत्पातबाट आफूहरूको जीवन नै सङ्कटमा परेको छ,  पटेर्वा सुगौली–२ का स्थानीय सुमन अधिकारीले भने, ‘कतिबेला जङ्गलबाट बाघ, भालु र हात्ती आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा हामी बाँचिरहेका छौँ ।’ जङ्गली जनावरका कारण आफू न स्वतन्त्ररूपमा हिँडडुल गर्न सकिरहेका छौँ, न त निर्धक्क घरकै सुत्न पाइरहेका छौँ’, उनको दुखेसो छ ।

पटक–पटक जङ्गली जनावर नियन्त्रणका लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै ठोरी गाउँपालिकाका रामबहादुर श्रेष्ठले भने, ‘हामीले जङ्गली जनावरको आतङ्क रोक्न धेरैपटक आवाज उठायौँ तर अहिलेसम्म हाम्रो समस्या समाधान भएन ।’ बाघ, हात्ती, अर्ना, भालुलगायतका जङ्गली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन जनप्रतिनिधिसँग समेत आग्रह गर्दै आएका छन् । 

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले राष्ट्रिय वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताए । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूला खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ । 

आफूहरूसँग बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको उनको भनाइ छ । तर यो समस्या समाधानबारे आफूले सम्बन्धित निकायमा पत्राचार गरेको जनाए। 

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर मानवीय क्षति पुर्याउने कार्यप्रति आफू गम्भीर रहेको र तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending