भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना डिएसपीमाथि दुव्र्यवहारको आरोप लागेको छ ।
परिसरका डिएसपी एवं सूचना अधिकृत बसन्त पाठकमाथि दुव्र्यवहारको आरोप लागेको हो । पाठकले सेवाका क्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप एकजना पीडितले लगाएका हुन् ।
उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी परिसरका पाठकले आफूलाई लछारपछार गरी कार्यालयबाट बाहिर पठाएको आरोप लगाएका छन् ।
पुलिस रिर्पोटकोबारेमा छलफल गर्न जादाँ आफुलाई परिसरका डिएसपी पाठकले दुव्र्यवहार गरी उनको कोठाबाट मात्रै नभई कार्यालयबाटै निकालेको राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा सम्मेलन गर्दै पीडीतले सेवा लिन प्रहरीकोमा जादाँ अपमानित हुनु परेकोमा दु:ख व्यक्त गरे ।
उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं। ६ नगरकोटका कृष्णबहादुर वाइवा आफ्ना छिमेकी विनोद तामाङ्गको पुलिस रिर्पोट बारेमा कुरा गर्न गएका थिए ।
उक्त क्रममा केही मिनेट हुन नपाउदैं आफुलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको पत्रकार सम्मेलनमा पीडितले बताए ।
“तैले के गर्न सक्छस गर” भन्दै “डीएसपी सरले हामीमाथी दुव्र्यवहार गर्नुभयो,” वाइवाले भने । तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइवाको आरोप छ ।
नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ रु छैन भन्ने प्रहरीले छुट्टाउनु पर्ने उनको भनाई थियो । केही समस्या परेर पुलिस कहाँ जादाँ जनता सुरक्षित हुदैंनन् भने कहाँ जाने रु उनले प्रश्न गरेका छन्
६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसंग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिर्पोट नदिएको पीडित युवा विनोद तामाङ्गको भनाई छ ।
विगतमा एक पटक आफु पुलिस रिर्पोट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जाने क्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ ।
“नाम मात्रै मिलेको भएर मलाई दु:ख दिइनु राम्रो होइन,” विनोदले भने । पीडितले सेवाग्राहीमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरी जनताको सेवा पाउने अधिकारबाट बन्चित नगर्न सम्बन्धित पक्षसंग उनीहरुले आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ११:३०
सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...
चैत्र ९ गते, २०८२ - ११:१५
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...
चैत्र ९ गते, २०८२ - १०:४१
बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...
चैत्र ८ गते, २०८२ - १७:२४
भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...
चैत्र ८ गते, २०८२ - १७:०१
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...
चैत्र ८ गते, २०८२ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:२९
ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...
चैत्र ८ गते, २०८२ - १६:१५
काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...


प्रतिकृया लेख्नुहोस्: