भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना डिएसपीमाथि दुव्र्यवहारको आरोप लागेको छ ।
परिसरका डिएसपी एवं सूचना अधिकृत बसन्त पाठकमाथि दुव्र्यवहारको आरोप लागेको हो । पाठकले सेवाका क्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप एकजना पीडितले लगाएका हुन् ।
उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी परिसरका पाठकले आफूलाई लछारपछार गरी कार्यालयबाट बाहिर पठाएको आरोप लगाएका छन् ।
पुलिस रिर्पोटकोबारेमा छलफल गर्न जादाँ आफुलाई परिसरका डिएसपी पाठकले दुव्र्यवहार गरी उनको कोठाबाट मात्रै नभई कार्यालयबाटै निकालेको राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा सम्मेलन गर्दै पीडीतले सेवा लिन प्रहरीकोमा जादाँ अपमानित हुनु परेकोमा दु:ख व्यक्त गरे ।
उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं। ६ नगरकोटका कृष्णबहादुर वाइवा आफ्ना छिमेकी विनोद तामाङ्गको पुलिस रिर्पोट बारेमा कुरा गर्न गएका थिए ।
उक्त क्रममा केही मिनेट हुन नपाउदैं आफुलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको पत्रकार सम्मेलनमा पीडितले बताए ।
“तैले के गर्न सक्छस गर” भन्दै “डीएसपी सरले हामीमाथी दुव्र्यवहार गर्नुभयो,” वाइवाले भने । तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइवाको आरोप छ ।
नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ रु छैन भन्ने प्रहरीले छुट्टाउनु पर्ने उनको भनाई थियो । केही समस्या परेर पुलिस कहाँ जादाँ जनता सुरक्षित हुदैंनन् भने कहाँ जाने रु उनले प्रश्न गरेका छन्
६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसंग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिर्पोट नदिएको पीडित युवा विनोद तामाङ्गको भनाई छ ।
विगतमा एक पटक आफु पुलिस रिर्पोट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जाने क्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ ।
“नाम मात्रै मिलेको भएर मलाई दु:ख दिइनु राम्रो होइन,” विनोदले भने । पीडितले सेवाग्राहीमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरी जनताको सेवा पाउने अधिकारबाट बन्चित नगर्न सम्बन्धित पक्षसंग उनीहरुले आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: