Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

स्रोत नखुलेको १० लाख रूपैयासहित हेटौंडाका २ पक्राउ

खबरडबली संवाददाता

रौतहट । नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौंडाका दुईजना रौतहटमा पक्राउ परेका छन्।

स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवैजनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति संका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा  उक्त नगद सहित दुवैजना लाई पक्राउ गरिएको हो।

कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १००० दरको नाट थान ८५० र ५०० दरको ३०० थान जम्मा जम्मा १० लाख रुपैयाँ सहित दुवैजना लाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

उनीहरूलाई बरामद नगद र कार सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डिएसपी गिरीले जानकारी दिएकि छन्।

पछिल्लो समय रौतहट, बारा सहित मधेश प्रदेशको जिल्लाहरुमा प्रहरीले धमाधम स्रोत नखुलेको रुपैया सहित मानिसलाई पक्राउ गरिरहेको छ। हिन्दूहरूको होलिपर्व नजिकिए संगै मधेश प्रदेशको जिल्लाहरुमा हुण्डी अर्थात अबैध रकमको कारोवार बढेको देखिएको छ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण

सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...

एक सातामै सुनको भाउ ३४ हजारले घट्यो, आज तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...

बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: