Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छः नेता पाण्डेय

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताएका छन् । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उनले संसदीय काममा लागेका संसद्लाई सम्बन्धित पार्टी र नेतृत्वले पनि प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद पाण्डेयले भने, “संसदीय काममा कति जिम्मेवार हुनुपर्छ र कति समय दिनुपर्छ भन्नेमा नै हाम्रो बुझाइ कम छ । हामीहरु संसदीय गतिविधिभन्दा अरु काममा बढी समय दिन्छौँ । कहिले संसद्को पूर्ण बैठकमा बहुमत पुग्दैन त कहिले संसदीय समितिमा पनि बहुमत पुग्दैन । यो हाम्रो कमजोरी हो ।”

मतदातामा पनि सांसदहरुलाई सधैँ आफ्नो घरदैलोमा र आफ्नाबीचमा हेर्न चाहने कमजोरी रहेको उल्लेख गर्दै सांसद पाण्डेयले जब सांसद संसदीय काम छोडेर त्यतापट्टि बढी व्यस्त हुन्छन् तब न गुणस्तरीय कानुन बन्ने न गुणस्तरीय नीति बन्ने बताए ।

“यो कुरा हामीले मतदाताका बीचमा पनि अवगत गराउनु आवश्यक छ । अर्को कुरा पार्टीको नेतृत्व र नेतालेसमेत कुन सांसद संसदीय काममा बढी व्यस्त छ र उसलाई पार्टीले गर्नुपर्ने प्रोत्साहनको पनि कमी देखिन्छ”, उनले भने । सांसदलाई संसदीय काममा बढी व्यस्त बनाउनुपर्ने उनको भनाइ थियो ।

संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यको अनुभवसमेत सम्हालीसक्नुभएका तथा हाल प्रतिनिधिसभा सदस्यमा बाजुराबाट निर्वाचित कांग्रेस सहमहामन्त्री पाण्डेयले संसदीय काममा संसद् बैठकभन्दा संसदीय समितिको सक्रियता बढेको बताए ।

“यो महत्वपूर्ण पनि हो । बजारको भाषामा संसद् भनेको ‘सो रुम’ हो भने समिति कारखाना हुन् । कारखनामा उत्पादन भएपछि मात्र उत्पादन ‘सो रुम’मा देखाउन सकिन्छ । पछिल्लो संसद्मा हामी समितिमा सक्रिय छौँ । तर पनि समितिबाट एउटा पनि विधेयक निर्माण गरिसकेका छैनौँ”, सांसद पाण्डेयले भने । अहिले आफू रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार विधेयकलाई अन्तिम रुप दिने क्रममा रहेको उनले जानकारी गराए ।  

सांसदले विकास निर्माणमा पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिज्ञासामा उहाँले मतदाताको भावना र निर्वाचनका बेला गरिएका बाचा पूरा गर्न पनि सांसद हाम्रो जस्तो मुलुकको विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको धारणा व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता पाण्डेयले आफूले हाल जिल्लाको, संसदीय र पार्टीको काम गरी तीन कामको जिम्मेवारी रहेको उल्लेख गरे । सांसदले राम्रो विधेयक बनाउन अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसका लागि आवश्यक आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताए ।

विधेयक अगाडि बढाउने सम्बन्धमा एउटा सांसदले त्यसको पृष्ठभूमि, देश विदेशको अनुभव, समाजको अवस्था, समकालीन आवश्यकता, चुनौतीलगायत विषय अध्ययन अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।  

कार्यान्वयनयोग्य कानुन बनाउन देखिएका चुनौतीका सम्बन्धमा उनले जनताका आवश्यकताभन्दा यथास्थितिमा बढी विश्वास भएर कर्मचारीतन्त्र हाबी हुने गरेको अनुभव सुनाए । उनले राजनीतिज्ञले नयाँपन दिन कानुनमा प्रतिविम्ब हुनेगरी काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

संसदीय समितिका निर्देशन पालनामा देखिएको दोहोरोपनका सम्बन्धमा नेता पाण्डेयले समितिले आफ्नो सीमा र कर्तत्व नबुझ्दा त्यस्तो हुने गरेको बताए । त्यही कारणले नै कार्यपालिकाले पनि निर्देशनको अवज्ञा गर्ने गरेको उनको दाबी थियो ।

फरक प्रसङ्गमा उनले हाल केही युवामा राजनीतिप्रति देखिएको वितृष्णलाई हटाउन राजनीतिज्ञले विश्वासको वातावरण बनाउने गरी आफ्नो व्यवहार प्रकट गर्नुपर्ने उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending