काठमाडौं । चार भाषामा निर्माण भएको ऐतिहाँसिक चलचित्र गोर्खा वारियर शुक्रबारबाट दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।
यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेरेका छन् । यो चलचित्रलाई यस अघि काठमाडौंको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गरेका थिए । यसैबीच शुक्रबार बेलुका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोर्खा वारियर हेरेका हुन् ।
चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने भनाई राख्दै गृहमन्त्री श्रेष्ठले यो चलचित्रको तारिफ गरे । लामो समयपछि आफुले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उनले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिए । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उनले सुझाब दिए ।
यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले दोश्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउँदँै भने,‘शुक्रबार काठमाडौंको केही शो हाउसफुल छ भने धेरै जसोमा ८० प्रतिसत दर्शक छन् । शनिबारको शो पनि राम्रो छ ।’ धरान, पोखरालगायतको शहरमा शनिबार पनि हाउसफुल भएको करणले बताए ।
गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भईरहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।
‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: