Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । चितवनमा कुराकानी गर्दै उहाँले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

से क्रममा उनले भने, “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छाैँ पनि ।” नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उनले यस विषयमा छलफल हुने बताए । 

बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस विषयमा छलफलबाट मात्रै टुङ्गो लाग्ने बताए ।  आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको उनले बताए । 

उनले भने, “यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।” पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनके भनाइ छ  । उनले भने, “औपचारिकरुपमा लिखित निर्णय भएको छैन ।” कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताए ।  

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले चितवनबासीका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताए । तीन वर्षदेखि बन्न नसकेको रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएकोउनके भनाइ थियो । आफूहरुले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending