Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

राता, नीला र हरिया झन्डाले राजधानी छपक्कै

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा गर्न लागेको शक्तिप्रदर्शनको क्रम सुरु भएको छ । राजधानीका विभिन्न स्थानबाट विभिन्न झाँकी सहितका जुलुसहरू खुलामञ्च, टुँडिखेललाई लक्ष्य बनाएर अगाडि बढिरहेका छन् । बालाजुबाट टोपबहादुर रायमाझी, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले नेतृत्व गरेको जुलुस लाजिम्पाट आइपुग्न लागेको छ । उक्त जुलुसमा लाजिम्पाटबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिसिएपछि उनकै नेतृत्वमा त्यो जुलुस खुलामञ्च आइपुग्ने छ । त्यस्तै कलङ्की हुँदै कालीमाटीबाट एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलगायतको नेतृत्वमा अगाडि बढेको जुलुस त्रिपुरेश्वर आइपुगेको छ । जुलुसमा लेखराज भट्ट, शक्ति बस्नेत, हेमन्तप्रकाश ओली, नन्दबहादु पुन ‘पासाङ’ लगायतले नेतृत्व गरिरहेका छन् । त्यसैगरी तीनकुनेबाट अगाडि बढेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, गोपाल किराँतीलगायतले नेतृत्व गरेको जुलुस बानेश्वर क्षेत्र निषेधित भएकाले कताबाट अगाडि बढ्ने भन्ने अन्योलमा परेको छ । लगनखेलबाट वर्षमान पुनको नेतृत्वमा र गौशालाबाट गिरिराजमणि पोखरेलको नेतृत्वमा जुलुसहरू अगाडि बढिरहेका छन् । मञ्च व्यवस्थापनको जिम्मेवारी पाएका कृष्णबहादुर महराका नेतृत्वमा खुलामञ्चमा तयारी पूरा भइसकेको जनाइएको छ । गगनभेदी नाराका साथ अगाडि बढेका जुलुसहरूमा सहभागी विभिन्न दलका राता, नीला र हरिया झन्डाहरुले यतिबेला राजधानी छपक्कै ढाकिएको छ । हजारौं स्वयमसेवकले जुलुसलाई व्यवस्थित पार्न सहयोग गरिरहेका छन् भने राज्यका तर्फबाट पनि व्यापक सुरक्षा परिचालन गरिएको छ । राजधानीका अन्य स्थानहरूबाट जुलुसको विवरण पठाउन खबरडबलीकर्मीहरु खटेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending