Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

खबरडबली संवाददाता

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिनुभयो ।“एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले यहाँका उद्योग व्यवसाय थप मारमा पर्दै गएका छन्”, उहाँले भन्नुभयो, “वित्तीय क्षेत्रको दोहोरो ब्याजदर वृद्धिबाट प्रभावित व्यवसायी समस्यामा परे । यसको निराकरणका लागि सरकारलगायत सबै क्षेत्रको ध्यान जाओस् ।”

सङ्घले सोमबार लाहानमा एक अन्तक्र्रिया कार्यक्रम गरी उद्योग व्यवसाय धरासायी हुँदै गएकामा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ । होटल व्यवसाय सञ्चालन तथा सहजीकरणका लागि सबै क्षेत्र र तहबीच समन्वय र सहकार्य हुनुपर्नेमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो । त्यस्तै नेपाल–भारत खुला सिमानाका कारण हुने अवैधानिक क्रियाकलापलाई रोक्न प्रशासन र आम नागरिकले हातेमालो गरी यसको न्यूनीकरण गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । 

वित्तीय क्षेत्रको ब्याजदर वृद्धिले व्यवसाय क्षेत्रमा सिर्जना गरेको समस्या समाधानका लागि सरकारले पहल नगरेका कारण पछिल्लो समय यहाँका होटल तथा व्यवसाय ओरालो लाग्न थालेको होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ता, मदिरा व्यवसायी सङ्घ सिरहाका अध्यक्ष वीरेन्द्र साहलगायतले धाराण राखे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि वि...

एसियन गेम्स क्वालिफायर: हङकङले नेपाललाई १८९ रनको लक्ष्य दियो

काठमाडौं । सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा जारी एसियन गेम्स क्वालिफायरको उपाधि भिडन्तमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर...

प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले भारतको सीमा मिचेको छ” भन्ने अभ...

अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न सांसद शाहीको माग

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क...

प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने सांसद हर्कराज राईको अडान

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आएर आफ्नो सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु...

प्रधानमन्त्रीले भुल सुधार र क्षमा याचना गर्न एमालेको अडान

काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आपत्ति जनाउँदै क्षमायाचनाको माग गरेको छ। सोमबार प्रति...

प्रतिनिधिसभामा विपक्षी अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...

नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्री होइन, परराष्ट्र मन्त्रालयले जवाफ दिनुहुन्छ: महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा विवादबारे संसदमा प्रधानमन्त्रीले नभई सम्बन्धित मन्त्रालयले जव...

सर्वदलीय बैठक निष्कर्षविहीन: प्रधानमन्त्रीले नै संसद्‌मा जवाफ दिनुपर्ने विपक्षीको अडान

काठमाडौं । संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयास असफल भएपछि विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्। संसद्‌मा देखिएको अवर...

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध जारी रहने एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending