Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

खबरडबली संवाददाता

काठमाडों । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रूपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्त्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने । तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

उनको ८६औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरूले त्यही कुरालाई घच्घचयाइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको योगदानको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौंमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन् अम्बर गुरुङ । सोमबारको कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् । गुरुङसँग १५ वर्ष काम गरेका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने गुरुङको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र गुरुङको सच्चा सम्मान हुने बताउँछन् ।

गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्ति रहेको जङ्गम सम्झन्छन् । 'नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरूको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ', उनले भने ।

वि.सं. १९९४ फागुन १४ मा दार्जिलिङको लालढिकीमा गुरुङको जन्म भएको थियो । उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए । उनका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाए । गुरुङको पुर्ख्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे । 'अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला... ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्को उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख...’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ,' राईले भने ।

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उनका कुरा सुन्न जाने गरेको सम्झन्छन् । गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा...’ को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रूपमा बुझ्नुपर्ने राईको भनाइ छ । गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न राईले आग्रह गरे ।

'त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ', राईले भने ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउँछिन् । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरूले गीत गाउन लगाएर उनलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने उनको भनाइ छ । त्यो बेला गुरुङलाई धेरैले बिर्सिएको अनुभव उनले सुनाइन् ।

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको जानकारी दिइन् । गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत–सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याए ।

कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ...’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौँ चोटहरू...’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला...’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: