Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अर्ग्यानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

खबरडबली संवाददाता

भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्ग्यानिक उत्पादनमा लागेका हुन् । 

मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत अर्ग्यानिक खेतीलाई पहिलो प्राथमिकतामा राखेर यहाँ काम अघि बढाइएको हो । किसानलाई विषदीरहित अर्ग्यानिक उत्पादनमा जोड्न रामप्रसादराई गाउँपालिकाको  वडा नं १, ३, ४ र वडा नं ६ मा  अर्ग्यानिक खेती विस्तार थालिएको छ । 

अर्ग्यानिक खेती विस्तारको लागि पाँच वटा नमुना कृषि सिकाइ केन्द्र निर्माण गरिएको छ । सिकाइ केन्द्रमा वडा नं. १ मा ४० रोपनीमा र वडा नं ६ मा १५ रोपनी गरी ५५ रोपनी क्षेत्रमा विभिन्न बाली लगाएर किसानलाई अर्ग्यानिक उत्पादनको लागि आवश्यक ज्ञान दिँदै आएको सिप्रेड, इसीमोडका प्राविधिक मोतीमान लिम्बूले जानकारी दिए । सिकाइ केन्द्रमा नमुना तरकारी खेती भइरहेको उनको भनाइ छ ।

“किसानलाई अर्ग्यानिक उत्पादनमा जोड्न विभिन्न स्थानमा सिकाई केन्द्र स्थापना गरेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ”, उनले भने, “हाम्रो लक्ष्य किसानलाई अर्ग्यानिक उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनु हो । यो कार्यक्रम सञ्चालनमा आएपछि यहाँका धेरै किसान अर्ग्यानिक खेती प्रणालीमा जोडिएको अवस्था छ ।”

जलवायु अनुकूलनका प्रविधि सिकाएर अर्ग्यानिक र स्वास्थ्यकर कृषि उत्पादनमा प्रोत्साहन गरिएको उनको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत हरित गृह (ग्रिनहाउस) निर्माण, झोल मल उत्पादनको विषयमा किसानलाई अभ्यासमूलक सिकाइमा आबद्ध गराइएको उनको भनाइ छ । 

विगतका वर्षबाट वडा नं २ खेनामा नेपाल जलवायु नमुना गाउँ घोषणा गरेर आवश्यक काम भइरहेको छ । यो गाउँमा भइरहेको कामलाई निरन्तरता दिँदै अन्य वडामा पनि विस्तार थालिएको हो । यो कार्यक्रम कोशी प्रदेशमा भोजपुरको रामप्रसादराई गाउँपालिकामा मात्र सञ्चालन भइरहेको जनाइएको छ । जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत कृषिलगायत अन्य वातावरण संरक्षणसम्बन्धी कार्य गर्नको लागि यो वर्ष रु एक करोड ५० लाख बजेट रहेको गाउँपालिकाले जनाएको छ । यो बजेटबाट जलवायु परिवर्तनलाई ध्यानमा राख्दै कृषिसँगै, मुहान संरक्षण, पैदलमार्ग निर्माण, हरित गृह (ग्रिन हाउस) निर्माण, पर्यटकीय क्षेत्रको विकासमासमेत काम भइरहेको छ । 

बर्सेनि खतीयोग्य जमिन बाँझिदै गइरहेकाले बाँझो जमिनको सदुपयोग गर्दै किसानलाई अर्ग्यानिक र व्यावसायिक खेती प्रविधिमा जोड्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । यो कार्यक्रम लागू भएपछि धेरै किसान व्यावसायिक  अर्ग्यानिक कृषि उत्पादनमा जुटेको अध्यक्ष राईको भनाइ छ  । उत्पादित वस्तुको बजारीकरणमा किसानलाई आवश्यक सहयोग गर्दै उत्पादनको आधारमा प्रोत्साहन गर्ने उनको भनाइ छ ।

“बर्सेनि खेतीयोग्य जमिन बाझिँदै भएको अवस्था छ”, अध्यक्ष राईले भने, “हामी आयातित विषदीयुक्त खानेकुरामा रमाएका छौँ । अहिले हामी अर्ग्यानिक कृषि उत्पादनमा  जुटेका छौँ । धेरै किसानले अर्ग्यानिक उत्पादन गरिरहेको अवस्था छ । हामीले बाँझो जमिनको उपयोग गर्दै अर्ग्यानिक उत्पादनमा जोड दिएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ ।”

किसानलाई विषादीरहित कृषि उत्पादनमा जोड्दै स्थानीयस्तरका सहकारीसँग सहकार्य गरेर व्यावसायिक खेतीमा जोड दिएको वडा नं ६ का वडाध्यक्ष एकराज आचार्यले बताए । वडामा नमुना सिकाइ कार्यक्रम सञ्चालन भइरहेकाले किसानलाई थप सहजता भएको उनको भनाइ छ । कृषकलाई लक्षित गरेर वडाले आवश्यकताको आधारमा तालिमसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै प्रविधियुक्त अर्ग्यानिक उत्पादनमा ध्यान दिएको उनले बताए ।

“किसानलाई व्यावसायिक र अर्ग्यानिक खेती प्रणालीमा लाग्न आवश्यक सहयोग गर्दै आएका छौँ”, उनले भने, “मुख्यरुपमा यहाँका बाँझो जमिनलाई प्रयोगमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । अहिले धेरै किसान व्यावसायिक कृषिमा जुटेको अवस्था छ ।”

नेपाल जलवायु नमुना कार्यक्रमको सहयोगमा १५ रोपनी क्षेत्रमा व्यावसायिक रूपमा अर्ग्यानिक तरकारी खेती गरिरहेको स्थानीयवासी गणेश श्रेष्ठले बताए । यो कार्यक्रमअन्तर्गत विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनले थप हौसला मिलेको उनको भनाइ छ । 

विगतबाट गाउँपालिकामा चलिरहेको  कृषि सिकाइ केन्द्र निर्माण, गोठ सुधार, माटो र सिमेन्टको पोखरी निर्माणलगायतका कामलाई निरन्तरता दिँदै कार्यक्रम आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनन्त राईले बताए ।

हाल रहेका पाँच वटा सिकाइ केन्द्रलाई आगामी वर्ष तीन वटा थप गरेर आठ वटा बनाउने, कम्पोस्ट मल उत्पादनको लागि १५ वटा गोठ सुधारका कार्यक्रम थप सञ्चालन गर्ने, किसानको खेर गइरहेको पानीलाई सञ्चित गर्दै तरकारी खेतीमा जोड्न १६ वटा माटो र सिमेन्टको पोखरी निर्माण गरिएको उनको भनाइ छ । आगामी वर्ष थप छ वटा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको उनले बताए ।   

स्याउला तथा गाई गोरुको मलमूत्र तथा गँड्यौलाबाट कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारीसँगै अन्य अन्नबाली लगाउनको लागि गाउँपालिकाले योजनाबद्ध रूपमा कामको थालनी गरेको छ । यहाँ उत्पादन हुने विभिन्न खालका बालीको व्यवस्थापनको लागि मिश्रित बाली, घुम्ती बाली र प्लास्टिक टनेलमा तरकारी खेती, बालीको जातीय परीक्षण गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्नेलगायत कामलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाकाले जनाएको छ । 

रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिकाको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending