काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा 'एथलेटिक्स' को महाकुम्भ मानिने 'धरान रन' को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो।
'धरान रन' मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको चलचित्रले दर्शक मन जित्ने बताए। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ। पोस्टरको डिजाइन रोयल भिमसेनले गरेका हुन्।आगामी वैशाख २८ गते
प्रदर्शन हुने यो चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह,नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए। चलचित्रको छायाँकनको क्रममा धरानबासीले धेरै नै सहयोग गरेको हुनाले उहाँहरुलाई धन्यवाद पनि दिने उदेश्यले धरानमै पोस्टर सार्वजनिक गरिएको मानन्धरले बताए।
अभिनेत्री नीतिले आफ्नो डेब्यु चलचित्रको सुटिंग सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताईन्। धरान संग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफुलाई छोएकोले चलचित्र 'खजुरे ब्रो' आफ्नो लागी बिसेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए।
चलचित्रको टिमले मेयर हर्क साम्पाङ्गको श्रमदान अभियानमा सहयोग गरेको छ। हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृती पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको छ। उक्त अभियानमा चलचित्रका निर्माता/लेखक तथा निर्देशक सुरज सुनुवार,कलाकार तथा निर्माता नवीन मानन्धर,कलाकार रेयर राई,पुस्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो।
‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ ।
‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङ रहेको छ । साथै, यस फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् ।
शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: