Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

‘चमेलीको पोई’ बाट ‘प्रेमचरो’ को कमब्याक

खबरडबली संवाददाता

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन् । 

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखीएको छ । निर्देशक बोहराले शनिबार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन् ।

एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हाँस्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो । आफूले पहिला त्रिपाठीलाई बिभिन्न नाटक,टेलिफिल्म हुदै फिचर फिल्म ‘अग्नी परिक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन पाउदा खुशी लागेको निर्देशक बोहराले बताएका छन् ।

हाँस्य प्रदान सामाजीक बिषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् । अमेरिकामा पनि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो हाँस्य प्रस्तुतिलाई निरन्रतरता दिइरहेका त्रिपाठी सामाजीक कार्यहरुमा पनि उत्तिकै सक्रिय छन् । त्रिपाठीले अभिनय गरेको थुप्रै टेलिफिल्म तथा फिल्म अहिले पनि दर्शकको मनमस्तिष्कमा ताजै छ ।

यसअघि ‘अग्नी परिक्षा’,‘कान्छा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका बोहरा ‘चमेलीको पोई’ ले नेपाली समाजको एउटा वास्तवीक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देश समेत प्रवाह गर्ने दावी गर्छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending