काठमाडौं । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।
आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो ।
विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भने, ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’
प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।
विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: