Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हास्य कलाकार म्याकुरी र श्रीमती सुम्निमाको लफडाको ‘फण्डा’ के हो ?

अर्कै केटीसँग लागेको आरोपमा पवनको जवाफ- मेरो शुक्रकिटमा समस्या छ, बाउ बन्न योग्य छैन

खबरडबली संवाददाता

काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमा खालिङको विवाद छताछुल्ल भएको छ। सामाजिक सञ्जालमा अहिले उनीहरुकै विवादबारे र्चा छ। 

सुम्निमाले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाउदै मिडियामा आएपछि विवाद बाहिर आएको हो। आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको उनको आरोप छ। 

उनले भनेकस् छन्, ‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्‍यो । म हुँदाहुँदै उसले एक केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के हो ?,अब अदालत जानु अगाडि मलाई यसको विषयमा क्लियर चाहियो ।’ आफूलाई यसो गर भनेर पनि बाटो नदेखाएको र अलपत्र पारेको उनको दाबी छ ।

एक भिडियो अन्तर्वार्तामा सुम्निमाले कि त पवनले आफूलाई गलत हो भनेर देखाउनुपर्‍यो । कि मलाई गलत प्रमाणित गर्नुपर्‍यो । त्यसपछि मात्र डिभोर्स दिन तयार रहेको बताएकी छन् ।

तर, हास्य कलाकार पवनले भने आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए ।श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर  लगाएको आरोपको समेत उनले खण्डन गरे । 

उनले भनेका छन्, ‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ 

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । पुरुषसँगको निकट थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुम्निमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।

हुन त यो विषय प्रहरीमा पनि पुगेको थियो । प्रहरीमा दुबैबिच सहमति समेत भएको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending