काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । तीनदिनसम्म जारी एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेदेखि बस्दैछ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गरेको पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी प्रस्ताव, उपाध्यक्ष विष्णप्रसाद पौडेलले प्रस्तुत गरेको जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्नेसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको जनचासोका विषयमा पार्टी परिचालनसम्बन्धी प्रस्तावमा आधारित भएर ९ समूहमा आज केन्द्रीय कमिटी सदस्यहरुका बीचमा छलफल हुने सचिवालयले जनाएको छ ।
एमालेले पार्टीभित्र आर्थिक र यौन आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको निष्कर्ष निकालेको छ।
‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ ।
त्यस्तै एमालेले नेता कार्यकर्ताहरुमा बुजुर्वा कार्यशैली हाबी भएको भन्दै सर्वहारा श्रमजीवी वर्ग पक्षधर बन्नुको विकल्प नभएको जनाएको छ ।
‘हामीलाई बुर्जुवा कार्यशैली जीवनशैली अपनाउने छुट छैन, हाम्रो जीवनशैली र कार्यशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ’, एमालेले भनेको छ, ‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन सामाजिक नैतिकताको सीमाअनुकुल हुनुपर्छ ।’
जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिन पनि एमालेले नेता कार्यकर्तालाई सजग गराएको छ ।
एमालेले नेताहरूको पारदर्शी जीवनशैली, स्वच्छता र असल आचरण तथा जीवनशैलीको अवलम्बनको विषयमा केन्द्रीय कमिटीको बैठकमा सुझाव मागेको छ
नेता, कार्यकर्ताहरूको जीवनशैलीका बारेमा केही भन्नु छ ? नेता, कार्यकर्ताहरूको जीवनको स्वच्छताबारे के(कस्ता कुराहरू उठ्ने गरेका छन ? नेता, कार्यकर्ताहरूमा कस्ता(कस्ता खराव आचरणहरू देखिएका छन् ? यसका कारणबाट जनतामा परेको प्रभाव वा असर ? त्यसलाई सच्याउन के(के गर्नुपर्ला ? खराब आचरण र चरित्र भएका नेता(कार्यकर्ताहरूलाई कस्तो कारबाही गरिनुपर्छ ? भन्ने प्रश्नको जवाफ बैठकबाट खोजेको हो ।
तीन दिनसम्म चल्ने बैठकमा एमालेले पार्टी शुद्धीकरण र संगठन सुदृढीकरणबारे निर्णय गर्ने तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: