Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

पाकिस्तानको निर्वाचनमा व्यापक धाँधली भएको आरोप, सरकार बनाउने कसरतमा को-को ?

२६४ सिटको नतिजा आउँदा १०१ मा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार विजयी

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानमा बिहीवार भएको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै त्यसको नतिजालाई चुनौति दिन त्यहाँका अदालतहरूमा व्यापक उजुरीहरू परेका छन्।

हाल जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई)ले समर्थन गरेका उम्मेदवारहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन्।

चुनावी नतिजा र त्यसपछिको राजनीतिक परिस्थितिलाई लिएर उक्त दलले शान्तिपूर्ण प्रदर्शनको आह्वानसमेत गरेको छ। इमरान खानको दलले पाकिस्तानको निर्वाचन आयोग र अन्य सरकारी भवनबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो।

जेलमा रहेका खानलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। उनको दलको समर्थन पाएका धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका छन्।

चुनाव जितेको दाबी

जेलबाटै खानले आफ्नो दलले चुनाव जितेको घोषणा गरेका छन् भने उनका प्रतिद्वन्द्वी नवाज शरिफले पनि जितको दाबी गरेका छन्। हालसम्मको चुनावी नतिजाले खानको दलले समर्थन गरेका उम्मेदवारले धेरै स्थानमा जितेको देखाएको छ।

चुनावमा धाँधली भएको भन्ने खानको दलको आरोपलाई पाकिस्तानी अधिकारीहरूले भने अस्वीकार गरेका छन्।

पीटीआईले मात्र नभइ पाकिस्तानका कतिपय धार्मिक दलहरूले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको आह्वान गरेका छन्।

जमात-ए-इस्लामीले कराची सहरका विभिन्न ८ स्थानमा प्रदर्शन गर्ने जनाएको छ। उसले जनमतको अपमान गर्न नदिने जनाएको छ।

जमीयत उलेमा-ए-इस्लाम ले पनि चुनावमा धाँधलीको आरोप लगाएको छ। यो समूहले सिन्ध प्रान्तका २८ स्थानमा प्रदर्शनको आह्वान गर्दै राष्ट्रिय राजमार्गमा चक्काजामको गर्ने जनाएको छ।

चुनावी नतिजा

प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ।

२६४ सिटको नतिजा आउँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको छ।

पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यसपालि त्यहाँ नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नेश्नलिस्ट (पिएमएल-एन)लाई पाकिस्तानी सेनाको समर्थन थियो।

सेनाको समर्थनका बाबजुद उक्त दलले पनि बहुमत पाउन सकेन। पिएमएल-एनले ७५ सिट ल्याएको छ। त्यस्तो बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ५४ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ।

चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ। पञ्जाबमा २९७ सिटमध्ये १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

यहाँ पिएमल- एनले १३७ सिट जितेको छ भने पिपिपीले १० सिट मात्रै ल्याएको छ। सिन्धमा १३० मध्ये पिपिपीले ८४ सिट ल्याएको छ। यहाँ मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट जितेक छन्।

खेबर पख्तुन्ख्वामा १२२ मध्ये ९० सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्। बलोचिस्तानमा ५१ सिटमध्ये पिपिपीले ११, पिएमएल-एनले १०, जमियत उलमा-इ-इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ।

यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको समेत भनिएको छ। अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र  हस्तक्षेप गरेको बताउँदै  छानबिनको माग गरेको छ।

सरकार बनाउने कसरतमा दलहरू

इमरान खानको दल पीटीआईले जितको दाबी गरिरहेका बेला नवाज शरिफको दलसहित अन्य दलहरू मिलेर सरकार गठनको प्रयासलाई तीव्र पारेको खबर आएको छ।

त्यसै क्रममा पछिल्लो पटक एमक्यूएम पार्टीका प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री नवाज शरिफसँग भेट गरेको बीबीसी उर्दूले जनाएको छ।

शरिफको दल पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता तथा पूर्वमन्त्री मरियम औरङ्गजेबले एमक्यूएम नेताहरूले नवाज शरिफलाई भेटेको जनाएका छन्।

इमरान खानको दलका अध्यक्ष गौहर अलि खानले आफ्नो दलसँग बहुमत भएका कारण देशका सबै संस्थाले त्यसलाई स्वीकार्नु पर्ने बताएका छन्।

शरिफको दलका प्रवक्ताले पनि आफ्नो सरकार बनाउनका लागि उनको दलले भुट्टोको पार्टीसँग कुराकानी गर्ने बताएका छन्।

उनले जियो न्यूजसँग त्यसका लागि सुरुवाती चरणको कुराकानी भएको बताएका थिए। उनले इमरान खानको दलसँग सत्ता साझेदारीको सम्भावना भने नरहेको बताएका छन्।

त्यसअघि बिलावल भुट्टोले चाहिँ सरकार बनाउने विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending