सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् ।
आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’
मन्त्री राईतिर हेर्दै केन्द्रीय सरकारको ध्यान दिलाउन मात्र फोटो हटाएको बताउँदै उनले अब चाँडै राख्छु भनेका हुन् । सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उनले, ‘केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै राख्ने बताए ।
सङ्घीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठुलो योजना ल्याउनु पर्ने उनले बताए । आफूले धेरैतिरको पानी ल्याउँदा पनि नपुगेपछि केराबारी पुगेकोमा त्यहाँबाट पानी नदिएको सुनाउँदै भने, ‘समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्छ ।’
धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएकाले त्यसको लागि केन्द्र सरकार योजना चाहिएको उल्लेख गरे । उनले भने, ‘हामीले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्दै छौँ त्यसमा सरकारी सहयोग चाहिएको छ । धरानको विकास गर्ने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो ।’
धरान कृषिमूलक सहर नरहेर आवासीय सहर भएकोले त्यसै अनुसारको योजनाहरू आवश्यक भएको उनले बताए । सरकारबाट सहरको वर्गीकरणका लागि सुझाव माग भएकोमा यहाँका विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय सहर भएको लिखित सिफारिस पठाइएको मेयर हर्क साम्पाङले बताए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: