काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका ६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो।
उक्त मुद्दामा उनलाई ९ करोड ७ लाख ६ हजार २७८ रुपैयाँ जरिवाना र तीन वर्ष कैद फैसला भएको थियो। उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई जरिवाना र कैद सजाय तोकेको थियो।
त्यसयता थापा फरार रहेका थिए। फरार प्रतिवादी खोजीको सिलसिलामा ब्युरोको टोलीले थापालाई पक्राउ गरेको अधिकारीले बताए।
थापाविरूद्ध नेपाल राष्ट्र बैंकले मुद्दा दायर गरेको थियो। थापा सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्सले फर्जी कागजात तयार गरी ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो। कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले उनीविरूद्ध मुद्दा दायर गरेको थियो। थापालाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: