Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

खबरडबली संवाददाता

ताप्लेजुङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ ।

फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे । उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पु¥याउँथे । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो ।

तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् ।

उनले विगत ३५ मन चिराइतो बिक्री गनुहुन्थो, तर गत वर्ष सात मन मात्र बिक्री गरे । प्रति मन ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताए । उनले भने, “अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् । हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ ।”

उनका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो । तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ ।     
     
 फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्य आर्जन गरे । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उनले प्रतिकेजी एक हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे । चिराइतो बिक्रीबाट किसान भट्टराईले मनग्य आम्दानी गरे ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरे । उनका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।     

गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार आठ सय २० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो बापत ८७ हजार तीन सय राजस्व सङ्कलन भएको छ ।

गत वर्ष पाँच हजार आठ सय केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्क छ ।     

वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७÷०७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलन भएको र यसबाट रु दुई लाख ४४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो सङ्कलक व्यापारी बताउँछन् ।

झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ। पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानहरूको भनाइ छ ।     

नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधीका रुपमा चिराइतोको प्रयोग हुने गर्दछ ।     
     
 मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ ।

महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ ।

वनस्पति विभागका अनुसार नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर खाेटाङ, साेलुखुम्बु, ओखलढुंगादेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ ।     
     
   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending