Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पहिलो पटक यौनसम्पर्कपछि महिलाको शरीरमा के परिवर्तन देखिन्छ ?

खबरडबली संवाददाता

काठमाडौं ।  पहिलो पटक यौनसम्पर्क गरेपछि शरीरमा के परिवर्तन देखिन्छ हाेला भनेर युवायुवतीमा काैतुहलता हुन सक्छ । जब पहिलो पटक यौन सम्पर्क हुन्छ, शरीरमा धेरै परिवर्तनहरू देखिन्छ ।

भर्खरै पहिलोपटक यौन सम्बन्ध राख्नु भएको छ वा यौन सम्बन्ध राख्ने योजना गर्दै हुनुहुन्छ भने, कस्ता परिवर्तनहरू शरीरमा हुन्छ भन्ने जिज्ञासा पनि हुन सक्छ । धेरैको मनमा यी परिवर्तनहरूसँग सम्बन्धित धेरै प्रश्नहरू हुन सक्छन् । यहाँ पहिलोपटक यौनसम्पर्क गर्दा महिलाकाे शरीरमा देखिने समस्याका बारेमा  चर्चा गरिएको छ ।

दुखाई

पहिलोपटक यौनसम्पर्क गर्दा सामान्य दुखाई हुन्छ । यसको पछाडि थुप्रै कारणहरु हुन सक्छ । जसमध्ये, योनीच्छद तन्किएको कारण दुख्न सक्छ, लुब्रिकेशनको कमीले पनि दुख्न सक्छ, योनी टाइट भएको कारण पनि दुखाई हुन सक्छ । साथै, यौनसम्पर्कको बेलामा चिन्ता लिँदा पनि पीडा हुन सक्छ ।

यसैगरी, यौनसँग सम्बन्धित धार्मिक विश्वासहरु दुखाईको कारण हुनसक्छ । पहिलोपटक याैन सम्पर्क गर्दा गर्भासयमा क्रम्प्स हुन थाल्छ । अक्सिटोसिन सेक्सको समयमा जारी हुन्छ, जसले गर्भासयमा संकुचनको कारण दुखाई हुने सम्भावना हुन्छ ।

रक्तस्राव

पहिलोपटक यौनसम्पर्क गर्दा यौनीबाट रक्तस्राव हुन सक्छ । तर, सबैको नआउन पनि सक्छ । यौनसम्पर्क गर्दा रगत आएको छ भने यस्को कारण हाइमेन हो । हाइमेन पातलो छाला झिल्ली हो जुन यौनसम्पर्कको बेलामा फैलन्छ र रगत बग्न थाल्छ ।

हाइमेन सजिलै तन्कन सक्दछ र सेक्स मात्र यो फुट्नुको कारण नहुन पनि सक्छ । गेमहरु खेल्दा पनि हाइमेन फुट्न सक्छ । ट्याम्पन्सको प्रयोगले पनि हाइमेनलाई फुटाउन सक्छ । साथै, रफ सेक्स गर्दा पनि रगत बग्ने सम्भावना बढी हुन्छ ।

पिसाब पोल्ने

पहिलोपटक यौनसम्पर्कपछि पिसाब गर्दा पोल्ने समस्या पनि देखिन्छ । यो सामान्य कुरा हो । योनी र मूत्रमार्ग धेरै नजिक हुन्छ । त्यसैले योनीमा दबाबको पीडा मूत्रमार्गमा पनि हुन्छ । तर, यदि यो दुखाइ दुई–तीन दिन भन्दा बढी रहन्छ भने डाक्टरसँग सल्लाह लिनुपर्छ ।

योनी चिलाउने

सुरुवाती यौनसम्पर्कले योनी चिलाउने समस्या पनि देखिन्छ । यदि यौनसम्पर्क गर्दा कन्डमको प्रयोग गरिएको छ भने त्यसको एलर्जी पनि हुन सक्छ ।

पिसाबमा इन्फेक्सन

सेक्सको क्रममा ब्याक्टेरियाहरू योनी र मूत्रमार्गमा पुग्न सक्छ । जसले पिसाबको इन्फेक्सन गराउन सक्छ । कहिलेकहीँ यसकै कारण चिलाउन र जलनको समस्या भएको पनि हुन्छ ।

निपल्स र स्तनको आकारमा वृद्धि हुनु

धेरै स्नायुहरु निपल्समा आएर जोडिएको हुन्छ । यसको कारणले गर्दा उत्तेजित हुँदा निप्पल्स परिवर्तन हुन्छ । यसले छाती टिस्यू फूल्छ र स्तन पनि ठूलो देखिन सक्छ । यो मात्र होइन, उत्तेजित हुँदा निपल्स कडा हुन्छ । यद्यपि, सेक्स पछि यो आफ्नो सामान्य आकारमा फर्कन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending