काठमाडौं । पहिलो पटक यौनसम्पर्क गरेपछि शरीरमा के परिवर्तन देखिन्छ हाेला भनेर युवायुवतीमा काैतुहलता हुन सक्छ । जब पहिलो पटक यौन सम्पर्क हुन्छ, शरीरमा धेरै परिवर्तनहरू देखिन्छ ।
भर्खरै पहिलोपटक यौन सम्बन्ध राख्नु भएको छ वा यौन सम्बन्ध राख्ने योजना गर्दै हुनुहुन्छ भने, कस्ता परिवर्तनहरू शरीरमा हुन्छ भन्ने जिज्ञासा पनि हुन सक्छ । धेरैको मनमा यी परिवर्तनहरूसँग सम्बन्धित धेरै प्रश्नहरू हुन सक्छन् । यहाँ पहिलोपटक यौनसम्पर्क गर्दा महिलाकाे शरीरमा देखिने समस्याका बारेमा चर्चा गरिएको छ ।
दुखाई
पहिलोपटक यौनसम्पर्क गर्दा सामान्य दुखाई हुन्छ । यसको पछाडि थुप्रै कारणहरु हुन सक्छ । जसमध्ये, योनीच्छद तन्किएको कारण दुख्न सक्छ, लुब्रिकेशनको कमीले पनि दुख्न सक्छ, योनी टाइट भएको कारण पनि दुखाई हुन सक्छ । साथै, यौनसम्पर्कको बेलामा चिन्ता लिँदा पनि पीडा हुन सक्छ ।
यसैगरी, यौनसँग सम्बन्धित धार्मिक विश्वासहरु दुखाईको कारण हुनसक्छ । पहिलोपटक याैन सम्पर्क गर्दा गर्भासयमा क्रम्प्स हुन थाल्छ । अक्सिटोसिन सेक्सको समयमा जारी हुन्छ, जसले गर्भासयमा संकुचनको कारण दुखाई हुने सम्भावना हुन्छ ।
रक्तस्राव
पहिलोपटक यौनसम्पर्क गर्दा यौनीबाट रक्तस्राव हुन सक्छ । तर, सबैको नआउन पनि सक्छ । यौनसम्पर्क गर्दा रगत आएको छ भने यस्को कारण हाइमेन हो । हाइमेन पातलो छाला झिल्ली हो जुन यौनसम्पर्कको बेलामा फैलन्छ र रगत बग्न थाल्छ ।
हाइमेन सजिलै तन्कन सक्दछ र सेक्स मात्र यो फुट्नुको कारण नहुन पनि सक्छ । गेमहरु खेल्दा पनि हाइमेन फुट्न सक्छ । ट्याम्पन्सको प्रयोगले पनि हाइमेनलाई फुटाउन सक्छ । साथै, रफ सेक्स गर्दा पनि रगत बग्ने सम्भावना बढी हुन्छ ।
पिसाब पोल्ने
पहिलोपटक यौनसम्पर्कपछि पिसाब गर्दा पोल्ने समस्या पनि देखिन्छ । यो सामान्य कुरा हो । योनी र मूत्रमार्ग धेरै नजिक हुन्छ । त्यसैले योनीमा दबाबको पीडा मूत्रमार्गमा पनि हुन्छ । तर, यदि यो दुखाइ दुई–तीन दिन भन्दा बढी रहन्छ भने डाक्टरसँग सल्लाह लिनुपर्छ ।
योनी चिलाउने
सुरुवाती यौनसम्पर्कले योनी चिलाउने समस्या पनि देखिन्छ । यदि यौनसम्पर्क गर्दा कन्डमको प्रयोग गरिएको छ भने त्यसको एलर्जी पनि हुन सक्छ ।
पिसाबमा इन्फेक्सन
सेक्सको क्रममा ब्याक्टेरियाहरू योनी र मूत्रमार्गमा पुग्न सक्छ । जसले पिसाबको इन्फेक्सन गराउन सक्छ । कहिलेकहीँ यसकै कारण चिलाउन र जलनको समस्या भएको पनि हुन्छ ।
निपल्स र स्तनको आकारमा वृद्धि हुनु
धेरै स्नायुहरु निपल्समा आएर जोडिएको हुन्छ । यसको कारणले गर्दा उत्तेजित हुँदा निप्पल्स परिवर्तन हुन्छ । यसले छाती टिस्यू फूल्छ र स्तन पनि ठूलो देखिन सक्छ । यो मात्र होइन, उत्तेजित हुँदा निपल्स कडा हुन्छ । यद्यपि, सेक्स पछि यो आफ्नो सामान्य आकारमा फर्कन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: