बागलुङ । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको हुँदा उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो । सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पु¥याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला –७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ देखि नै निर्माण सुरु गरेको उनले बताए । सङ्घीय सरकारले रु तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोला गाउँपालिकाले रु ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको उनको भनाइ छ । निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताए । गाउँमा उत्पादन हुने कृषिउपज वस्तुको बजारीकरण, व्यापार व्यवसायको प्रवद्र्धनका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउछन् ।
उनले भने, “सबै संरचना निर्माण भइसक्दा धेरै सयम लाग्छ, निर्माण भएका संरचनालाई प्रयोग गरि केही उद्योग सञ्चालन गरौँ भनेर लागेका छौँ, अहिले बनेका संरचनामा विद्युत् र सडकको पहुँच पुर्याएका छौँ, त्यसले गर्दा उपकरण जडान गरेर प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गरौँ भनेर लागेका छौँ, संरचना थपिँदै जान्छन्, अन्य उद्योग पनि विस्तारै सञ्चालनमा ल्याउँदै जाने छौँ ।”
गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले सङ्घीय सरकार आउनुपर्ने रु तीन करोडमध्ये आव २०७७-०७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९-०८० मा ८० लाख आएको र चालु आवमा पनि ८० लाख आउने बताए। यस वर्ष गण्डकी प्रदेशबाट पनि रु २० लाख विनियोजन भएको जनाउँदै कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नति भएको जनाउँदै सीमित उद्योग सञ्चालनका लागि संरचना उपयोगी रहेको इन्जिनियर लामिछानेले बताए ।
काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताए । औद्योगिक ग्राम निर्माणपश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयले यस ठाउँ गाउँपालिकाले उपलब्ध गराउने उनको भनाइ छ । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योगधन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: