काठमाडौं । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा डिम्ब निष्कासन, यौनसम्पर्क, वीर्य स्खलन, डिम्ब निषेचन तथा डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ ।
तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।
डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: